कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ठूलो जेट उडान

एजेन्सी

बेइजिङ — चीनमै पहिलो पटक उत्पादित भीमकाय जेट विमानले शुक्रबार चिनियाँ आकाशमा परीक्षण उठान गरेको छ । ९० मिनेटको परीक्षण उडान भर्दै १ सय ५८ सिट क्षमताको सी–९१९ मोडेलको उक्त जेट सुरक्षित रूपमा सांघाईको पुदोङ विमानस्थलमा अवतरण गरेको बीबीसीले जनाएको छ ।

 ठूलो जेट उडान

स्वदेशमै निर्मित ठूलो जेट विमानको उद्घाटन उडान हेर्न ठूलो संख्यामा चिनियाँ तथा विदेशी सांघाई विमानस्थलमा भेला भएका थिए । एपीका अनुसार चीनले टर्बोप्रप इन्जिन भएका छोटो दूरीका साना खाले विमान हजारौंको संख्यामा तथा जेट इन्जिन भएका मध्यम दूरीका सानाखाले जेट विमानहरू सयौंको संख्यामा निर्माण गरी विश्वका धेरै एयरलाइन्सलाई बिक्री गरिसकेको छ ।

सी–९१९ मोडेलको ठूलो जेट विमान सन् २०१४ मै उत्पादन भएलगत्तै परीक्षण उडान गर्दा बिभिन्न प्रकारका उत्पादकीय तथा प्राविधिक समस्या देखिएको थियो । सन् २०१६ सम्म डेलिभरी लिने गरी प्रशस्त अर्डर आइसके पनि आपूर्तिमा ढिलाइ भएको थियो ।

हाल, सबै उत्पादकीय तथा प्राविधिक समस्या सच्याई पुन: पहिलो पटक व्यापारिक हिसाबले परीक्षण उडान भरिएको हो ।

तुलनात्मक रूपमा सस्तोमा उपलब्ध गराउन सकिने भएकाले यस विमानले फ्रान्समा निर्माण गरिँदै आएको ए–३२० मोडेलको एयरबस जेट तथा अमेरिकामा निर्माण गरिँदै आएको बी–७३७ मोडलको बोइङ जेटजस्ता विमानहरूसँग मज्जासँग प्रतिस्पर्धा गर्न सक्नेछ । यस सी–९१९ जेट विमान चीनको सरकारी लगानीको विमान उत्पादक कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) ले निर्माण गरेको हो ।

हालसम्म, स्वदेशी तथा विदेशीसमेत गरी २३ वटा विमान सेवा कम्पनीले यस्तो ५ सय ७० वटा विमान खरिदका लागि अर्डर दिइसकेका छन् ।

प्रकाशित : वैशाख २३, २०७४ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?