कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

उत्तर कोरिया जान इच्छुक छु : दक्षिण कोरियाका नवनिर्वाचित

राष्ट्रपतिले लिए शपथ
बीबीसी

सोल — दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जाय–इनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आफूले जस्तोसुकै पनि कदम चाल्ने बताएका छन् । सोलस्थित नेसनल एसेम्ब्लीमा शपथ लिएलगत्तै बोल्दै उनले उत्तरसँग सम्बन्ध राख्न इच्छुक रहेको बताएका हुन् ।

उत्तर कोरिया जान इच्छुक छु : दक्षिण कोरियाका नवनिर्वाचित

‘आवश्यक पर्‍यो भने म अहिल्यै वासिङ्टन पनि जान सक्छु,’ उनले भने, ‘बेइजिङ या टोकियो जान सक्छु र उपयुक्त समयमा प्योङयाङ पनि जान सक्छु । उनले विवादास्पद मिसाइलप्रतिरोधी प्रणाली (थाड) बारे अमेरिका र चीनसँग गम्भीर छलफल गर्ने पनि बताए ।

उनले अर्थतन्त्रलाई उकास्ने र युवा बेरोजगारी समस्यालाई सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनले भ्रष्टाचार प्रकरणपछि विभाजित देशलाई एकताबद्ध हुन पनि आग्रह गरेका छन् । राष्ट्रपति मुनले दक्षिण कोरियाको प्रधानमन्त्रीमा ली नाक–योनलाई नियुक्त गरेका छन् ।

उनी दक्षिणी जिओला प्रान्तका गभर्नर थिए । यस्तै, नेसनल इन्टलिजेन्स सर्भिसको प्रमुखमा सुह हुनलाई नियुक्त गरेका थिए । सुहले सन् २०००मा आयोजित अन्तरकोरिया सम्मेलनको तयारीका लागि प्रमुख भूमिका निर्वाह गरेका थिए ।

आफ्ना पूर्ववर्ती भ्रष्टाचार अभियोगमा पदमुक्त भएको अवस्थामा मूनले पद सम्हाल्नेबित्तिकै ‘आफू रित्तै खल्ती आएको र रित्तै पदबाट बाहिरिने’ बताएका छन् ।

उत्तर कोरियाले भने मुनको विजयमाथि कुनै प्रतिक्रिया जनाएको छैन । यसअघि मुन आफ्नो प्राथमिकताको उम्मेदवार भएको संकेत उत्तरले दिएको थियो ।

मुनले उत्तर कोरियाको हतियार विकासलाई रोक्न असफल भएको भन्दै यसअघिका दुई कन्जरभेटिभ प्रशासनको आलोचना गर्दै आएका छन् । मंगलबार भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका मुन ४१.१ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कन्जरभेटिभ होङ जुन–प्योले २५.५ प्रतिशत मत पाएका थिए ।

प्रकाशित : वैशाख २८, २०७४ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?