औसत आयुमा जापान पहिलो

सिन्हवा

क्यानबेर्रा — विश्वमा कुन–कुन राष्ट्रका नागरिक दीर्घजीवी छन् भन्ने विषयमा संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनले हालै एक अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार जापान पहिलो, सिंगापुर दोस्रो, स्विट्जरल्यान्ड तेस्रो र त्यसलाई पछ्याउँदै अस्ट्रेलिया चौथो स्थानमा छ । नागरिकको आयुको औसत लम्बाई मापन सूचीमा अस्ट्रेलिया चौथो स्थानमा उक्लेको हो । अस्ट्रेलियाले औसत नागरिक दीर्घजीवनमा विश्व–नेताको उपाधि हासिल गरेको छ ।

सफासुग्घर र प्रदूषणमुक्त नगरमा बसोबास तथा अत्यन्त न्यून धूम्रपान दरजस्ता तत्त्वहरूले अस्ट्रेलियाको राष्ट्रिय औसत आयु दर बढाउन टेवा पुर्‍याएको पनि उक्त प्रतिवेदनले औंल्याएको छ । 
यद्यपि, समग्रमा सन् २००० देखि २०१५ सम्ममा विश्वभरिकै औसत आयु दर (ग्लोबल लाइफ एक्स्पेक्टेन्सी) मा वृद्धि भइरहेको तथ्य विश्व स्वास्थ्य संगठनका प्रवक्ता डा. कोलिन म्याथर्सले अस्ट्रेलियन ब्रोडयास्टिङ कर्पोरेसन (एबीसी) सञ्चारमाध्यमलाई बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका १ सय ९४ सदस्य राष्ट्रमाझ गरिएको अनुसन्धान र परीक्षणबाट यो निष्कर्ष निकालिएको थियो । केही अस्ट्रेलियाली अत्यन्त कडा र निको नहुने खालको दीर्घरोगको सिकार भए तापनि समग्र राष्ट्रिय औसत आयु दरमा भने अस्ट्रेलियाले विश्वका धेरै मुलुकलाई उछिनेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जुनीचाँदे र नलगाडमा माओवादी

कान्तिपुर संवाददाता

जाजरकोट — त्रिवेणी नलगाड नगरपालिका प्रमुखमा माओवादी केन्द्रका टेकबहादुर रावल र उपप्रमुखमा बालकुमारी बस्नेत विजयी भएका छन् । रावल ३ हजार ४ सय १५ र बस्नेत ३ हजार २ सय ४१ मत ल्याएर विजयी भएका हुन् ।

प्रमुखका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छवि पन्त (२८९५) र उपप्रमुखका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी धनमाया शाही (२९१२) हुन् । त्रिवेणी नलगाडमा माओवादीले ७, एमालेले ४ र कांग्रेसले २ वडा अध्यक्ष जितेको छ । 
त्यस्तै जुनीचाँदे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका कृष्णबहादुर केसी र शिवा आचार्य बस्नेत विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT