कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृत्युदण्डको सजायबाट रोकियो

एजेन्सी

निदरल्याण्ड — हेगको अन्तर्राष्ट्रिय अदालतले पाकिस्तानको जेलमा रहेका भारतीय कुलभूषण जाधवको मृत्युदण्ड दिने सजायलाई विहीवार रोक लगाएको छ । अदालतले उनको मुद्धाको अन्तिम किनारा नभएसम्म मृत्युदण्डको सजायँ नगर्न भनेको छ ।

 मृत्युदण्डको सजायबाट रोकियो

बीबीसीका अनुसार अदालतको यो निर्णय आएपछि भारतीय विदेशमन्त्री शुस्मा स्वरोजले टीट गर्दै अन्तर्राष्ट्रिय अदालतको फैसलाले कुलभूषणका परिवार र पुरै भारतको लागि राहतको
खबर भएको बताएकी छन् । जासुसीको आरोपमा पाकिस्तानको अदालतले जाधवलाई मृत्युदण्ड दिने सजाए सुनाएको थियो । भारतीय नौसेनाका पूर्व अधिकारी जाधव करीव एक वर्षदेखि पास्कितानी जेलमा बन्दी छन् ।

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता नफीस जकारियाले भारत कुलभूषण जाधको मुद्धालाई अन्तर्राष्ट्रिय अदालतमा लगेर आफ्नो सक्कली अनुहार देखाएको आरोप लगाएको छ । उनले पाकिस्तानले जाधव विरुद्ध बलिया प्रमाणहरू अन्तर्राष्ट्रिय अदालतमा पेश गर्ने बताएका छन् । भारतले उनको मृत्युदण्डलाई टार्न अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढकाएको थियो । रोयटर्सका अनुसार उनी मार्च २०१६ मा पाकिस्तानको बलुचिस्थानबाट गिरफ्तार गरिएका थिए ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?