३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काबुलमा आक्रोश र भय

पाकिस्तानको तालिवानी समूह हक्कानी नेटवर्कको हात रहेको आरोप
एएफपी/सीएनएन

काबुल — अफगानिस्तानको काबुलमा बुधबार भएको भीषण आत्मघाती आक्रमणपछि काबुलमा आक्रोश र भय दुवै छाएको छ । आक्रमणमा मारिएकाहरूको अन्तिम संस्कार हुँदै गर्दा स्थानीय बासिन्दाहरूले सरकार जनताको सुरक्षाका लागि असफल भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।

काबुलमा आक्रोश र भय

अफगानिस्तानको काबुलमा बुधबार भएको भीषण आत्मघाती आक्रमणपछि काबुलमा आक्रोश र भय दुवै छाएको छ ।

आक्रमणमा मारिएकाहरूको अन्तिम संस्कार हुँदै गर्दा स्थानीय बासिन्दाहरूले सरकार जनताको सुरक्षाका लागि असफल भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । धेरै देशले अफगानिस्तानको सुरक्षाका लागि भारी रकम लगानी गरिसके पनि आाक्रमण अझै नरोकिएको स्थानीय बासिन्दाको भनाइ् छ ।

‘हाम्रो देशमा कतिन्जेल यो रक्तपात सहिरहनुपर्ने हो,’ एक स्थानीयबासीले स्थानीय समाचार च्यानल टोलोलाई साधेका छन् । ‘मैले यस विस्फोटमा आफ्नो भाइ गुमाएको छु, सरकार लगातार रूपमा सर्वसाधारणको सुरक्षा गर्न असफल भएको छ,’ उनले भने ।

बुधबारको आक्रमण सन् २००१ यताकै भीषण भएको बताइएको छ । आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तालिवानले आफू संलग्न भएको स्पष्ट पारिसकेको छ भने आईएस मौन छ ।

अफगानिस्तानको गुप्तचर सेवा राष्ट्रिय सुरक्षा निर्देशनालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानको तालिवानी समूह हक्कानी नेटवर्क संलग्न भएको आरोप लगाएको छ । विज्ञप्तिमा उक्त समूहले पाकिस्तानको गुप्तचर सेवा आईएसआईको सहयोग लिएको आरोप लगाइएको छ । बेलायतका लागि अफगानी राजदूत सइद तायिब जवादले बुधबारको आक्रमण अफगानिस्तानबाहिरका आतंकवादीले गराएको संकेत प्राप्त भएको उल्लेख गर्दै पाकस्तिानको आर्थिक तथा भौतिक सहयोगबिना यस्तो कार्य सम्भव नभएको आरोप लगाए । उनले आतंकवादीलाई सहयोग गर्नु पाकिस्तान र अफगानिस्तान दुवैका लागि फाइदाजनक नभएको कुरालाई पाकिस्तानले बुझ्ने पनि बताए ।

हक्कानी नेटवर्कले यसप्रति कुनै प्रतिक्रिया जनाएको छैन भने पाकिस्तान सरकारले भने अफगान आरोप अस्वीकार गरेको छ ।

बुधबार अफगानिस्तानको सबैभन्दा सुरक्षित मानिने कूटनीतिक क्षेत्रमा भएको आक्रमणमा ९० जनाको मृत्यु भएको छ भने ४ सय ६१ जना घाइते भएका छन् । घाइते हुनेमा धेरै विदेशी पनि छन् ।
घाइतेलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र आफ्ना आफन्तको स्वास्थ्यस्थिति बुझ्न अस्पताल परिसरमा सर्वसाधारणको लाम लागेको छ । यस आक्रमणमा परी बेपत्ता भएका आफ्ना आफन्तको खोजीका लागि आफन्तजनको सम्बन्धित स्थलमा भीड लागेको समाचारमा जनाइएको छ ।

प्रकाशित : जेष्ठ १९, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?