कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ भारतीय राष्ट्रपतिको चयनका लागि निर्वाचन सम्पन्न

भाजपाका उम्मेदवार कोविन्दले जित्ने मिडियाको दाबी
कमलदेव भट्टराई

नयाँ दिल्ली — भारतको १४ औं राष्ट्रपति निर्वाचनको लागि सोमबार मतदान भएको छ । सबै राज्यबाट मतपेटिका ल्याएर आगामी बिहीबार दिल्लीमा मतगणना गरी त्यही दिन नतिजा सार्वजनिक गरिने बताइएको छ । आइतबार बिहान १० बजे शुरु भएको निर्वाचन साँझ ५ बजे सम्पन्न भएको थियो । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द तथा विपक्षीहरुको साझा उम्मेदवार कांग्रेसकी नेता मिरा कुमारको राष्ट्रपति पदका उम्मेदवार थिए ।

नयाँ भारतीय राष्ट्रपतिको चयनका लागि निर्वाचन सम्पन्न

भारतको १४ औं राष्ट्रपति निर्वाचनको लागि सोमबार मतदान भएको छ । सबै राज्यबाट मतपेटिका ल्याएर आगामी बिहीबार दिल्लीमा मतगणना गरी त्यही दिन नतिजा सार्वजनिक गरिने बताइएको छ ।

आइतबार बिहान १० बजे शुरु भएको निर्वाचन साँझ ५ बजे सम्पन्न भएको थियो । भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द तथा विपक्षीहरुको साझा उम्मेदवार कांग्रेसकी नेता मिरा कुमारको राष्ट्रपति पदका उम्मेदवार थिए ।

बिहान मतदान समय शुरु भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह लगायत विपक्षी राजनीतिक दलका नेताहरुले मतदान गरेका थिए ।

वर्तमान राष्ट्रपति प्रवणी मुखर्जीको पाँच वर्षे कार्यकाल आगामी जुलाई २४ तारिखमा सकिँदैछ । विपक्षी कांग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीले यो निर्वाचनलाई विचारको लडाई भएको संज्ञा दिएकी छन् ।

यो निर्वाचनमा ४१२० विधान सभा सदस्य तथा लोकसभा र राज्यसभाका ७७६ सांसदहरु सहभागी भएका थिए । विधान सभा, लोकसभा र राज्यसभाका सदस्यहरुले जनसंख्याको आधारमा भोटसंख्या प्रतिनिधित्व गर्ने गर्छन् । लोकसभा र राज्यसभाका सांसदहरु प्रत्येकले ७०८ जना मतादाताहरुको प्रतिनिधित्व गर्छन् भने विधानसभा सदस्यहरुले प्रतिनिधित्व गर्ने भोट सम्बन्धीत राज्यको जनसंख्यामा निर्भर हुन्छ ।

भारतीय संचारमाध्यमहरुले विभिन्न स्रोतलाई उद्धृत गर्दै भारतीय जनता पार्टीको उम्मेदवार रामनाथ कोविन्दले ६३ प्रतिशतभन्दा बढी मत ल्याएर जित्ने आंकलन गरेका छन् ।

दुवै उम्मेदवार दलित समुदायबाट हुन् । दुईमध्ये जो निर्वाचन भएपनि दलित समुदायको तर्फबाट दोस्रो राष्ट्रपति हुने छन् । राष्ट्रपति पदका लागि झण्डै ९५ जनाले उम्मेदवारी दर्ता गरेपनि ९३ जनाको उम्मेदवारी निर्वाचन आयोगलले विभिन्न कारणहरु देखाई अस्वीकार गरेको थियो । भारतमा राष्ट्रपतिको निर्वाचन गोप्य मतदानद्वारा हुन्छ र राजनीतिक दलहरुले ह्वीप जारी गर्न पनि पाउँदैनन् । जसले गर्दा क्रस भोटिङको सम्भावना रहन्छ ।

निर्वाचनको लागि संसद कार्यालय र प्रत्येका राज्यमा १ गरी ३२ वटा मतदान स्थल छनौट गरिएको थियो । मतदानका लागि सांसदहरुले आफ्नो छुट्टै कलम प्रयोग गर्न नपाउने र त्यसका लागि निर्वाचन आयोगले सिरियल नम्बर भएको कलम उपलब्ध गराएको थियो । हरियाणा राज्यमा गत वर्ष मसीको विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा मसीको गडबढी नहोस् भनी विशेष सर्तकर्ता अपनाएको हो ।

प्रकाशित : श्रावण २, २०७४ १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?