कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफैंले बनाउँदै गरेको बम विस्फोटमा तीस तालिबान मारिए

कान्तिपुर संवाददाता

फराह (अफगानिस्तान) — अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबानहरुले आफैले बनाउदै गरेको बम विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका छन् । उक्त प्रान्तका प्रान्तीय प्रवक्ताले शुक्रबार अपरान्ह सो विस्फोट भएको जनाकारी दिएका छन् ।

आफैंले बनाउँदै गरेको बम विस्फोटमा तीस तालिबान मारिए

बाला बुलुक जिल्लाको पेवा पासे इलाकामा बिहीबार सो विस्फोट भएको थियो । तालिवान आतङ्ककारी समूहले सुरक्षाबलको नासिर मेरीमा रहेको आखडालाई आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा सो विस्फोट भएको थियो ।

आत्मघाती आक्रमणको लागि ज्याकेट तयार गर्दै गरेका आक्रमणकारीबीच भएको यस विस्फोटमा परी कम्तीमा ३० तालिवान आतङ्ककारी मारिएका प्रवक्ताले जानकारी दिएका छन । सो विस्फोटको क्रममा केही आतङ्ककारी घाइते समेत भएका थिए । तर प्रहरीले त्यसमा परी अरु धेरै आतङ्ककारी मारिएका हुनसक्ने बताएका छन् । तर त्यसको बारेमा तालिबानले केही बताएका छैनन् ।

अफगानिस्तानका विभिन्न इलाकामा गत अप्रिलबाट भीषण आक्रमण गर्दै आएका तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी सयौँ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँ जना घाइते भएका छन । अचानक भएको यस विस्फोटको तालिवान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।
–रासस/सिन्ह्वा

प्रकाशित : श्रावण २७, २०७४ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?