कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

नयाँ दिल्ली — भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ । बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ ।

भारतको विहारमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २५३ पुग्यो

यसैसँग सम्बन्धित घटनामा परी २५३ को मृत्यु भएको राज्यका एक अधिकारीले जानकारी दिएका छन् । अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीको कारण प्रभावित भएका छन् ।

विहारका प्रमुख नदीहरु कोशी, महानन्दा, बागमती र गङ्गामा पानीको सतह बढेका कारण बाढीको प्रकोप फैलिएको हो । सो बाढीबाट सात लाख हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको छ । त्यसैगरी २० हजार झुपडी पनि बाढीले बगाएको छ ।
–रासस/सिन्ह्वा

प्रकाशित : भाद्र ५, २०७४ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?