कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तर कोरियाद्वारा जापानी क्षेत्रमा मिसाइल प्रहार

काठमाडौं — उत्तर कोरियाले जापानी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको छ । उक्त कार्यलाई जापानी प्रधानमन्त्री सिन्जो आवेले आकस्मिक 'अभुतपूर्व' चुनौतीको रुपमा लिएको उल्लेख गरेका छन् ।

उत्तर कोरियाद्वारा जापानी क्षेत्रमा मिसाइल प्रहार

बीबीसीका अनुसार उत्तरकोरियाले मंगलबार बिहानै प्रहार गरेको मिसाइल समुद्रमा खस्नु अघि उत्तरी जपानको होकाइडो माथिबाट उडेको थियो । उत्तर कोरियाले पछिल्लो समय श्रृंखलाबद्ध रुपमा ब्यलेष्टिक मिसाइइल टेष्ट गरिरहेपनि जापानमाथीबाट प्रक्षेपण गरिएको यो पहिलो पटक हो ।

यसअघि १९९८ र २००९ मा पनि जापानमाथिबाट रकेट प्रक्षेपण गरिएको थियो । त्यसलाई उत्तर कोरियाले हतियार नभएर स्यटेलाइट प्रक्षेपण गर्ने साधन भएको उल्लेख गरेको थियो ।

यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल परामणु बम बोक्न सक्ने शक्तिशाली मिसाइल रहेको हुन सक्ने बताइएको छ । यस विषयमा छलफल गर्नका लागि स‌ंयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ ।

प्रकाशित : भाद्र १३, २०७४ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?