३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विद्यालयमा आगलागी हुँदा सात विद्यार्थीको मृत्यु

रासस/सिन्ह्वा

नैरोबी — केन्याको राजधानी नैरोबीमा रहेको एउटा विद्यालयमा भएको आगलागीमा कम्तीमा सात बालबालिकाको मृत्यु भएको छ । विद्यार्थीहरू निदाइरहेका समयमा भएको आगलागीमा अन्य १० जना बालबालिका घाइतेसमेत भएका स्थानीय सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

विद्यालयमा आगलागी हुँदा सात विद्यार्थीको मृत्यु

शिक्षा मन्त्री फ्रेड माटिङले स्थानीय समय अनुसार शुक्रबार दिउँसो २ बजे आगलागी भएको थियो । नैरोबीको किबेरामा रहेको मोइ गर्लस स्कुलमा आगलागी भएको हो माटिङले बताए । मन्त्री माटिङले घटनास्थलको स्थलगत अबलोकन गरी घटनाका बारेमा अनुसन्धान सुरु गर्न निर्देशन दिए अनुसार अनुसन्धान सुरु भइसकेको छ । अनुसन्धानका लागि दुई महिना विद्यालय बन्द गर्न लागिएको उनले बताए । 'यो निकै दुखद घटना भएको छ, यसलाई सुधार गर्न विद्यार्थीका अविभावकलाई खवर गर्न लगाएका छौं,” उनले भने ।

प्रकाशित : भाद्र १७, २०७४ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?