२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बलात्कृत १० वर्षीया बालिकाले जन्म दिएको बच्चाको डीएनए आरोपीसँग नमिलेपछि पुन: अनुसन्धान सुरु

बालात्कारमा अन्य व्यक्ति पनि संलग्न रहेको आशंका
बीबीसी

नयाँ दिल्ली — भारतीय प्रहरीले १० वर्षीया बालिकाको बलात्कारको पुरानो मुद्दालाई पुन: ब्युँताएको छ । उक्त १० वर्षे बालिकाले गत महिना अघि बच्चा जन्माएसँगै त्यसको डीएनए परिक्षण गर्दा बलात्कार गरेको अभियोगमा कारागारमा रहेका काकासँग नमिलेपछि प्रहरीलाई अहिले त्यो टाउको दुखाईको विषय बनेको छ ।

बलात्कृत १० वर्षीया बालिकाले जन्म दिएको बच्चाको डीएनए आरोपीसँग नमिलेपछि पुन: अनुसन्धान सुरु



धेरै ढिलो मात्र बालिका गर्भवति भएको थाह पाएपछि गर्भपतनका लागि उनको परिवारले अदालतमा निवेदन दिएको थियो । तर, गर्भपतन गर्न निकै नै ढिलो भएको र त्यो गर्दा बालिकाको ज्यानलाई जोखिम हुने भन्दै सर्वोच्चले उनको निवेदन खारेज गरेको थियो ।

१० वर्षे बालिकालाई आफू गर्भवती रहेको पनि पत्तो थिएन । उनलाई परिवारले पेटमा ढुंगा रहेको बताएका थिए । सो बालिकाले आफ्नै काकाले उनलाई पटकपटक बलात्कार गरेको बयान दिएकी थिइन् । ४० वर्षिय काका अहिले जेलमा छन् र उनले यसबारे केही प्रतिक्रिया पनि दिएका छैनन् । डीएनएको रिपोर्ट काकासँग नमिलेपछि ती बालिकालाई अन्य व्यक्तिले पनि बलात्कार गरेका थिए भन्ने तथ्य बाहिर आएका हो ।

बालिकाको पिताका अनुसार जेल सजाए काटिरहेका काकाले अरोप अस्विकार गरेका छैनन् । यस्तै, प्रहरीले पनि ती व्यक्तिले अपराध स्विकार गरेको बताएको छ ।

‘उक्त केसको अनुसन्धानमा हामीलाई कहिल्यै पनि अर्को व्यक्ति पनि संलग्न हुनसक्छ भन्ने लागेन । किनभने बालिका आफैंले काकाले गरेको कुकृत्य अदालतमा बयान गरेकी थिइन्,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

यो रिपोर्ट बाहिर आएसंगै प्रहरी र काउन्सिलरहरुले ती बालिकालाई घरमा गएर भेटेका छन् । प्रहरी अधिकारीहरुले कतै डीएनए रिपोर्ट मै केही गडबढी भयो कि भनेर पुन: टेस्ट गराउने सोचमा पनि छन् ।

भारतमा २० हप्ताभन्दा बढीको भ्रुण पतन गराउन अदालतको आदेश लिनुपर्ने नियम छ । उक्त बालिकाले गत जुलाई महिनामा पेट दुखेको बताएपछि गर्भ रहेको पत्ता लागेको थियो । त्यसपछि परिवारले चन्दिगर्ड अदालतमा गर्भपतनको निवेदन दिएका थिए । तर अदालतले चिकित्सकसँगको सल्लाह पछि त्यसलाई अस्विकार गरेको थियो । त्यसपछि परिवार सर्वोच्च गएका थिए, त्यहाँबाट पनि निवेदन अस्विकृत भएपछि बालिकाले बच्चा जन्माएकी थिइन् ।

बालिकाको परिवारले उक्त बच्चा आफूले नराख्ने बताएसँगै बाल संगठनले उक्त बच्चालाई आफ्नो जिम्मामा राखेको छ । 

 

प्रकाशित : भाद्र २८, २०७४ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?