१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मलेसियाको एक स्कूलमा आगलागी हुँदा २४ को मृत्यु

क्वालालम्पुर — मलेसियाको एक स्कूलमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ । राजधानी क्वालालम्पुरको दातुक करामतस्थित एक धार्मिक स्कूलमा बिहीबार बिहान करिब पौने ६ बजे भएको उक्त घटनामा २२ विद्यार्थी र २ शिक्षकहरुको मृत्यु भएको मलेसियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मलेसियाको एक स्कूलमा आगलागी हुँदा २४ को मृत्यु

मृतकहरुको शवलाई पोस्टमार्टमका लागि क्वालालम्पुरस्थित जेनरल अस्पतालमा राखिएको छ । मृतकका शवहरु कतिपय चिन्नै नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण गर्नुपर्ने स्वास्थ्य मन्त्री दातो एस सुब्रामानियमले बताएका छन् ।

मलेसियामा गत २० वर्ष यताको यो सबैभन्दा दु:खद् आगलागी घटना भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी अधिकारीहरुले उक्त घटना विद्युत सर्किट सट् हुँदा भएको हुनसक्ने आशंका गरेका छन् ।

उक्त स्कूलका झ्यालहरु बन्द रहेको र झ्यालमा ग्रील रहेको कारण उनीहरु त्यहाँबाट भाग्न नसक्दा ज्यान जागिन नसकेको हो । यद्यपी तीबाहेक १४ विद्यार्थी भने त्यहाँबाट बाहिरिएर ज्यान जोगाउन सफल भएका थिए ।

घटनामा कतिपय घाइते भएका छन् उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनापछि उपप्रधान एवं गृहमन्त्री डा. अहमद जहिद हमिदीले अवलोकन गरेका छन् ।

प्रकाशित : भाद्र २९, २०७४ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?