२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

थप ३ देशका नागरिकलाई अमेरिका पस्न रोक

बीबीसी

वासिङ्टन — अमेरिकाले उसको विवादास्पद यात्रा प्रतिबन्ध विस्तार गर्दै उत्तर कोरिया, भेनेजुएला र चाडका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रतिबन्धसँगै अमेरिका प्रवेश गर्न रोक लगाइएका देशको संख्या ८ पुगेको छ ।

ह्वाइटहाउसले नयाँ प्रतिबन्ध विदेशी सरकारले उपलब्ध गराएका सूचनाका आधारमा समीक्षा गरेपछि लगाइएको बताएको छ । यसअघि अमेरिकाले इरान, लिबिया, सिरिया, सोमालिया र यमनका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो, जसलाई ‘मुस्लिम प्रतिबन्ध’ को रूपमा लिइएको थियो ।

प्रतिबन्धको घोषणा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण पछिल्लो निर्णय गरिएको दाबी गरे । ‘मेरो पहिलो प्राथमिकता अमेरिका सुरक्षित बनाउनु मेरो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘जो अमेरिकाका लागि असुरक्षित महसुस हुन्छ, उनीहरूलाई हामी आउन दिँदैनौं ।’

भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा काम गर्ने अधिकारी र परिवार लक्षित रहेको अमेरिकाले जनाएको छ । यसअघि ट्रम्पले प्रतिबन्ध लगाएका ६ मुस्लिम देशमध्ये सुडानको फुकुवा गरिएको छ । उत्तर कोरिया र भेनेजुएला थपिएपछि अब यात्रा प्रतिबन्ध लगाएका सबै मुलुकहरू मुस्लिम बहुल रहेनन् । अधिकारीले हाल अमेरिका भ्रमण गर्ने उत्तर कोरियाली नागरिक अत्यन्त न्यून रहेको जनाएका छन् ।

मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले अमेरिकी कदमको निन्दा गरेको छ । विज्ञप्ति जारी गर्दै उसले अमेरिकी सरकारको विभेदकारी निर्णयको विपक्षमा रहेको जनाएको छ । प्रतिबन्ध अक्टोबर १८ देखि कार्यान्वयनमा आउने जनाउँदै ह्वाइटहाउसले प्रवेशाज्ञा पाइसकेकालाई निषेध नगरिने जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७४ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?