मुम्बईको रेल स्टेशनमा भएको भागदौडमा मृत्युहुने २२ पुगे

कान्तिपुर संवाददाता

काठमाडौं — भारतको आर्थिक राजनीतिका रुपमा परिचित मुम्बई सहरमा शुक्रबार बिहान भएको भागदौडमा परी मृत्यु हुने व्यक्तिको संख्या २२ पुगेको छ ।

मुम्बईको रेल स्टेशनमा भएको भागदौडमा मृत्युहुने २२ पुगे

भारतीय सञ्चार माध्यमहरुका अनुसार शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी २२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । त्यस दुर्घटनामा पररे घाइते भएका दर्जनौँ व्यक्तिको उपचार जारी रहेको छ ।
उक्त भागदौडपछि भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर ज्यान गएको बताइएको छ । यसरी मृत्यु हुने व्यक्तिको संख्या यसअघि १५ रहेको थियो । तर उपचाररतमध्येका अरु सात जनाको अपरान्ह मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् ।

मुम्बई सहर नजिकैको स्थानीय रेल स्टेशनमा रेल कुरेर बसेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो ।

मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो । शुक्रबार बिहान करिब १०ः४५ बजे सो भागदौड मच्चिएको थियो ।

बिहान अकस्मात भारी बर्षा भएपछि सो रेल स्टेशनमा रहेका व्यक्ति ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि उनीहरु भागाभाग गरेका थिए ।

यसरी भाग्ने क्रममा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्कोलाई कुल्चिएका थिए । सो क्रममा अहिलेसम्म २२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

भारतीय रेल सेवाका अधिकारी अनिल सक्सेनाले सो दुर्घटनाको कारण बारेमा अनुसन्धान गरिने जानकारी दिएका छन् । सो भागदौडको बारेमा अनुसन्धान गर्न सरकारले आदेश दिएको जानकारी उनले दिए ।

प्रकाशित : आश्विन १३, २०७४ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?