कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किर्गिस्तानका उपप्रधानमन्त्रीको दुर्घटनामा निधन

विसकेक — किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा शनिबार निधन भएको छ ।

किर्गिस्तानका उपप्रधानमन्त्रीको दुर्घटनामा निधन

एक राजमार्गमा गुडिरहेको उनको कार ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको किर्गिस्तानको सरकारी समाचार संस्थाले जनाएको छ । स्थानीय समयानुसार शनिबार विहान करिब ७.३० बजे विसकेक–कारा–बाल्टा राजमार्ग अन्तर्गत पर्ने साडोभोए गाँउमा दुर्घटना भएको जनाइएको छ ।

उपप्रधानमन्त्री झुमाकादिरोभ र उनको सहयोगी टोयटा ल्याण्डक्रुजरमा यात्रा गरिरहेका थिए । उनीहरु दुबै जनाको भने दुर्घटना स्थलमा मृत्यु भएको बताइएको छ । गाडीका चालकलाई भने दुर्घटनापछि अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उपप्रधानमन्त्री झुमाकादिरोभ ३८ वर्षको थिए । उनी गत अगस्टमा मात्रै उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित : आश्विन २१, २०७४ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?