कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

क्याटालान जनमतसंग्रह : एकताका पक्षमा प्रदर्शन

बीबीसी

बार्सिलोना — स्पेनको एकताका पक्षधरले राजधानी म्याड्रिड र बार्सिलोना आयोजना गरेको जुलुसमा दसौं हजार मानिस सहभागी भएका छन् । सहभागीले स्पेनको एकाताका पक्षमा आवाज उठाउँदै क्याटालान समस्या वार्तामार्फत समाधान गर्नुपर्ने बताएका थिए ।

क्याटालान जनमतसंग्रह : एकताका पक्षमा प्रदर्शन

उनीहरूले बोकेका प्लेकार्डमा लेखिएको थियो, ‘स्पेन यस देशका नेताभन्दा निकै राम्रो छ, आउनुहोस् वार्ता गरौं ।’ पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएपछि कतिपय व्यवसायीले क्याटालान क्षेत्र छाडेको जनाइएको छ । स्पेनको ठूलो बैंकिङ क्षेत्रको नियामक निकाय ‘काइक्सा फाउन्डेसन’ ले पाल्मा डे माल्लोर्सामा रहेको मुख्यालयमा केन्द्रित हुने बताएको छ ।

क्याटलोनियाका सरकार प्रमुख कार्लस पुइगडेमोन्टले आइतबारको संसद् बैठकले क्याटालोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने बताएका थिए । तर गतआइतबार भएको विवादास्पद जनमतसंग्रहलाई स्पेनको संवैधानिक अदालतले असंवैधानिक घोषणा गरिसकेको छ । साथै अदालतले आइतबारको क्याटालान संसद्को बैठक पनि स्थगित गरिसकेको छ । उनले आगामी मंगलबार क्याटालोनियालाई स्वतन्त्र घोषणा गर्ने बताएका छन् ।

क्याटालान अधिकारीका अनुसार जनमतसंग्रहमा ९० प्रतिशत मतदाताले अलग राज्यको पक्षमा मतदान गरेका थिए । जनमतसंग्रह रोक्न स्पेनी प्रहरीले बल प्रयोग गर्दा करिब ९ सय मानिस घाइते भएका थिए । सरकारले शुक्रबार मात्रै त्यसका लागि क्याटालान जनतासँग माफि मागिसकेको छ ।

त्यसका बाबजुद नेताहरूले स्पेनबाट क्याटालोनियालाई अलग बनाएरै छाड्ने संकल्प लिएका छन् । क्याटालोन नेताहरू राज्यद्रोहमा संलग्न रहेको भनी स्पेनी राजा फेलिप छैटौंले आरोप लगाएका थिए । उनले भिडन्तको अवस्था आउन नदिन अन्तर्राष्ट्रिय मध्यस्तताका लागि अपिलसमेत गरेका छन् । स्पेन सरकारले वक्तव्यमार्फत क्याटालान नेताको ‘ब्ल्याकमेलिङ’ अस्वीकार्य भएको जनाउँदै वार्ताका लागि कानुनको पालना पहिलो सर्त भएको बताउँदै आएको छ । स्पेनबाट अलग भए क्याटालोनियाको अस्तित्वबारे समेत बहस सुरु भएको छ ।

क्याटलोनियासँग छुट्टै प्रहरी, संसद्, झन्डा र सरकार प्रमुख भएका कारण क्याटलोनिया एउटा स्वतन्त्र राष्ट्रका रूपमा स्थापित हुन सक्ने जनाइएको छ । त्यसैगरी, क्याटालोनियासँग दूरसञ्चार नियामक निकाय, विद्यालय, स्वास्थ्यजस्ता महत्त्वपूर्ण सार्वजनिक सेवाको प्रबन्ध पनि छ । यद्यपि स्वतन्त्र भएपछि क्याटलोनियामाथि सीमा व्यवस्थापन, केन्द्रीय बैंक, अन्तर्राष्ट्रिय सम्बन्धको स्थापनालगायत महत्त्वपूर्ण कार्य गर्न बाँकी छन् । जुन हाल म्याड्रिडले व्यवस्थापन गर्दै आएको छ । तर अलग राष्ट्र भएसँगै यी सम्पूर्ण व्यवस्थापनका लागि क्याटलोनियाले आर्थिक भार बहन गर्न भने कठिन देखिन्छ ।

प्रकाशित : आश्विन २२, २०७४ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?