कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अमेरिका–टर्की भिसा सेवा स्थगन

बीबीसी

अंकारा — टर्कीले अमेरिकी कूटनीतिक नियोगका थप एक कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ । सोमबार टर्कीका सञ्चारमाध्यमले फेथुल्लाह गुलेनविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएका छन् ।

उनीहरूका अनुसार गुलेनको खोजी भइरहेको छ । उनका श्रीमती र बच्चासँग आवश्यक सोधपुछ गरिएको अधिकारीले जनाएका छन् ।

यसै साता टर्कीले गतवर्ष भएको असफल ‘कु’ को प्रयासमा संलग्न भएको आरोपमा अमेरिकी कूटनीतिज्ञलाई पक्राउ गरेको थियो । तर अमेरिका र उनले आफू ‘कु’ प्रयासमा संलग्न भएको आरोप अस्वीकार गर्दै आएका छन् ।

मेटिन टोपुजको पक्राउपछि दुवै देशले प्रवेशाज्ञासम्बन्धी सबैजसो सेवा स्थगित गरेका छन् । गुलेनको पक्राउपछि अमेरिकाले गैर–आप्रवासी सेवा स्थगित गरेपछि टर्कीले प्रवेशाज्ञासम्बन्धी सबै सेवा स्थगित गरेको हो । यद्यपी टर्कीले अमेरिकालाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै आएको छ । सोमबार टर्कीका विदेशमन्त्री मेलभुट काभुसोग्लुले पछिल्लो आशंकाले ‘अनावश्यक तनाव’ सिर्जना भएको जनाएका थिए । उनले पछिल्लो समय जारी तनावले दुवै देशलाई नोक्सान पुग्ने दाबी गरेका छन् ।

दुई देशबीचको तनावपछि टर्कीको मुद्रामा समेत केही गिरावट आएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र टर्कीको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको महिना नबित्दै दुई देशबीच तनाव उत्कर्षमा पुगेको हो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि गुलेनलाई उक्त घटनामा संलग्न भएको आरोप लगाउँदै आएका छन् । २०१६ को जुलाईमा भएको असफल प्रयासपछि ४० हजार मानिस पक्राउ परिसकेका छन् ।
घटनामा संलग्न भएको आरोपमा १ लाख २० हजार सेना, प्रहरी र सरकारी कर्मचारी बर्खास्त भइसकेका छन् ।

प्रकाशित : आश्विन २४, २०७४ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?