१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘अमेरिकाले युद्धको आगो सल्कायो’

सीएनएन

सोल — उत्तर कोरियाली विदेशमन्त्री री योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘युद्धको आगो सल्काएको’ आरोप लगाएका छन् ।

रूसी समाचार संस्थाले रीलाई उद्धृत गर्दै जनाएअनुसार गतमहिना राष्ट्रसंघीय महासभामा दिएको भाषणपछि ट्रम्पले युद्धको आगो सल्काएका हुन् । 

रूसी समाचार संस्था ताससँगको अन्तरवार्तामा रीले भने, ‘राष्ट्रसंघीय महासभामा ट्रम्पको झगडालु र पागल भनाइले यो भन्न सकिन्छ कि, अमेरिकाविरुद्धको युद्धको आगो सल्किएको छ ।’ ट्रम्पले गतमहिनाको सम्बोधनका क्रममा अमेरिका वा मित्रशक्ति देशको रक्षा गर्न उत्तर कोरियालाई ‘पूर्णरूपमा ध्वस्त पार्ने’ धम्की दिएका थिए । एक प्रश्नको जवाफमा रीले अमेरिका र उत्तर कोरियाबीच कुनै पनि हालतमा वार्ता हुन नसक्ने जनाए । 

उनले भने, ‘अमेरिकाको बढ्दो सैनिक दबाब र प्रतिबन्धका कारण यो विल्कुल वार्ताका लागि अनुकूल समय होइन ।’ यसअघि उत्तर कोरियाली हयाकरले अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियामाथि आक्रमण गर्न तयार पारेका योजनासम्बन्धी महत्त्वपूर्ण कागजात चोरी गरेका थिए । 

त्यसमा उत्तर कोरियाली नेता किम जोड उनको हत्या तथा युद्धका समयमा सैनिक रणनीति समावेशसमेत थिए । उत्तर कोरियाली हयाकरले दक्षिण कोरियाली सेनाको नेटवर्कमा आक्रमण गरी २ सय ३५ गिगाबाइट अति संवेदनशील तथ्यांक चोरेको हो । 

उत्तर कोरियाले गत महिना शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको हो । त्यसलत्तै अमेरिकी पहलमा राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियाविरुद्धको नाकाबन्दी कडा पारेको थियो । 

प्रकाशित : आश्विन २७, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?