कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रष्टाचारको आरोपमा साउदीका ११ राजकुमार पक्राउ

४ बहालवाला मन्त्रीसहित दर्जनौं पूर्वमन्त्रीहरु पनि पक्राउ
बीबीसी

साउदी — भ्रष्टाचार नियन्त्रण गर्न बनाइएको साउदीको नयाँ संरचनाले त्यहाँका ११ राजकुमार, चार बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको त्यहाँको मिडियाले बताएको छ । साउदीका युवराज मोहम्मद बिन सालेमको अध्यक्षतामा भ्रष्टाचारको अनुशन्धान गर्न राजदरबारले नयाँ कमिटी बनाएको केही घन्टामा नै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

भ्रष्टाचारको आरोपमा साउदीका ११ राजकुमार पक्राउ

भ्रष्टाचार नियन्त्रण गर्न बनाइएको साउदीको नयाँ संरचनाले त्यहाँका ११ राजकुमार, चार बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको त्यहाँको मिडियाले बताएको छ ।

साउदीका युवराज मोहम्मद बिन सालेमको अध्यक्षतामा भ्रष्टाचारको अनुशन्धान गर्न राजदरबारले नयाँ कमिटी बनाएको केही घन्टामा नै उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

पक्राउ गरिएका विरुद्ध के चार्ज लगाइएको छ भन्ने पनि खुलाइएको छैन । यस्तै साउदीका राष्ट्रिय सेना तथा जलसेनाका प्रमुखहरुलाई पनि परिवर्तन गरिएको छ ।

यो सबै प्रक्रियालाई साउदी युवराजले विस्तारै शक्ति आफ्नो पक्षमा पर्न खोजिरहेको भनेर पनि विश्लेषण गर्न थालिएको छ ।

प्रकाशित : कार्तिक १९, २०७४ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?