१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अमेरिकाको टेक्सासमा बन्दुकधारीको जथाभावी गाेली प्रहारबाट २६ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौं — अमेरिकाको टेक्सास राज्यस्थित सन्डरल्याण्ड स्प्रिंग्सको विल्सन काउन्टीमा रहेको फस्ट बापिष्ट चर्चमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

अमेरिकाको टेक्सासमा बन्दुकधारीको जथाभावी गाेली प्रहारबाट २६ को मृत्यु

चर्चमा आइतबारको प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएका थिए । बीबीसीका अनुसार कालो कपडा लगाएका करिब २६ वर्षको गोरा युवकले बिहान साढे ११ बजे चर्चभित्र प्रवेश गरेर गोली चलाएका थिए ।

प्रहरीका अनुसार गोली लागेर मृत्यु हुनेमा बालकदेखि वृद्धसम्म रहेका छन् । उक्त घटना पश्चात सो स्थानबाट भागेका बन्दुकधारीलाई प्रहरी केही किलोमिटर पर आफ्नै गाडीमा मृत फेला पारेका थिए । बीबीसीका अनुसार बन्दुकधारी युवकले बुलेट प्रुफ भेस्ट लगाए थिए भने उनलाई चर्च बाहिर केही स्थानीयले नीजि हतियारबाट गोली हानेका थिए । त्यसपछि उनी त्यहाँबाट भागेका थिए । उनलाई केही स्थानीयले पछ्याउँदै गर्दा केही पर उनको गाडी दुर्घटनामा परेको थियो । पछि प्रहरीले उनलाई गाडीमा मृत अवस्थामा फेला पारेका थिए ।

टेक्सास राज्यका गर्भनर ग्रेग एबटका अनुसार यो राज्यको इतिहासकै सबैभन्दा ठूलो आक्रमण हो।

जापान भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटना प्रति दुस्ख व्यक्त गरेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७४ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?