३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

प्याराडाइस पेपर्स : विश्व चर्चित धनाढ्यहरुले कर छली गर्न गरेको लगानी बारे ठूलाे खुलासा

बेलायतकी महारानीको पनि ‘अफसोर’ कम्पनीमा लगानी
बीबीसी

बेलायत — सोमबार ठूलो संख्यामा लिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुसहित बेलायतकी महारानीसम्मले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ । पानामा पेपर्सपछि भएको दोस्रो ठूलो लिकलाई ‘प्याराडाइस पेपर्स’ नाम दिइएको छ । संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको ‘अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आईसीएफजे) एक वर्ष लगाएर अनुशन्धान गरेपछि मात्रै यो खबर सार्वजनिक गरेको हो ।

प्याराडाइस पेपर्स : विश्व चर्चित धनाढ्यहरुले कर छली गर्न गरेको लगानी बारे ठूलाे खुलासा

सोमबार ठूलो संख्यामा लिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुसहित बेलायतकी महारानीसम्मले कर छली गर्न गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ ।


पानामा पेपर्सपछि भएको दोस्रो ठूलो लिकलाई ‘प्याराडाइस पेपर्स’ नाम दिइएको छ । संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको ‘अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट’ (आईसीएफजे) एक वर्ष लगाएर अनुशन्धान गरेपछि मात्रै यो खबर सार्वजनिक गरेको हो ।

एक करोड ३४ लाख कागजपत्र रहेको यो लिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका वाणिज्य मन्त्रीको अमेरिकाले नै प्रतिवन्ध लगाएको रसियनहरुसँग व्यापारिक साठगाँठ रहेको समेत देखिएको छ ।

अमेरिकी वाणिज्य मन्त्री विल्बर रस ।

प्याराडाइस पेपर्सका अन्य कागजपत्रसहितका विभिन्न समाचारहरु आगामी हप्ताहरुमा सार्वजनिक गरिँदै लगिने बीबीसीसहित यी कागजपत्रमा जुटेका मिडियाहरुले बताएका छन् ।

प्याराडाइस पेपर्सले तल उल्लेखित कुराहरुको खुलासा गर्ने छ :

  • बेलायतकी महारानीको करोडौं बेलायती पाउण्ड केमन आइल्याण्डको फण्डमा लगानी गरिएको छ । उनको केही पैसा गरिब तथा निमुखाहरु माथि अत्याचार गर्ने व्यापारी कहाँ पुगेको देखिन्छ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मन्त्रीहरुदेखि सल्लाहकार र दानकर्ताहरुको ठूलो मात्रामा ‘अफसोर’ लगानी रहेको छ । जसमा हालका वाणिज्य मन्त्री विल्बर रसको रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनका ज्वाइँको कम्पनीसँग कारोबार रहेको छ ।
  • ट्वीटर र फेसबुकमा अरबौं डलरको रसियाको लगानी ।
  • कर छलीमा प्रयोग गरिएको केमन आइल्याण्डको ट्रष्टलाई संचालन गर्न क्यानेडाका प्रधानमन्त्री जष्टिन ट्रुड्युका नजिकका व्यक्तिको संलग्नता ।
  • चर्चित बहुराष्ट्रिय कम्पनीहरुको कर छली । जसमा नाइक र एप्पल जस्ता कम्पनीको पनि नाम रहेको छ ।
  • कसरी टिभी र फिल्मका पर्दामा देखिने चर्चित अनुहारले कर छली गर्दै अन्यत्र गरेको लगानी ।
  • दुई रसियन धनाढ्यले आर्सनल र एभर्टन फुटबल क्लब किन्न अफसोर लगानीको प्रयोग ।

यी लगायत अन्य केही ठूला धनाढ्यहरुको खुलासाले विश्वका चर्चित नेता ट्रम्प, बेलायती प्रधानमन्त्री टेरेसा मे लगायत थुप्रै माथि दबाब बनाउने पक्का छ ।

लिक भएका कागजपत्रको अनुशन्धान गरेर रिपोर्ट तयार पार्न विश्वभरका ३८० पत्रकारले वर्ष दिन लगाएर ७० वर्षको तथ्यांकहरुको अध्ययन गरेका थिए ।

प्रकाशित : कार्तिक २०, २०७४ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?