कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पूर्वक्याटलान नेताहरू रिहा

बीबीसी

ब्रसेल्स — बेल्जियमका एक न्यायाधीशले क्याटालोनियाका पूर्वनेता कार्लस पुइग्डेमोन्ट र ४ पूर्वमन्त्रीलाई ससर्त रिहा गरेका छन् । न्यायाधीशले उनीहरूलाई बिनाअनुमति बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउने सर्तमा रिहा गरेका छन् ।

पूर्वक्याटलान नेताहरू रिहा

स्पेनको उच्च अदालतले युरोपेली पक्राउ आदेश जारी गरेपछि उनीहरूले शुक्रबार बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । हालै क्याटालोनियालाई क्षेत्रीय संसद्ले स्वतन्त्र राष्ट्र घोषणा गरेपछि स्पेनले उक्त क्षेत्रमा प्रत्यक्ष शासन लागू गरेको थियो । स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धारित समयअगावै चुनावको घोषणा गरेका छन् ।

उक्त कदमपछि क्याटालोनियाका बर्खास्त राष्ट्रपति कार्लस पुइग्डेमोन्ट र अन्य चार नेता बेल्जियमको राजधानी ब्रसेल्स पुगेका थिए । स्पेनले क्याटलान नेताविरुद्ध विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोगसम्बन्धी मुद्दा चलाएपछि उनीहरू भागेर बेल्जियममा पुगेपछि स्पेन सरकारले खोजी गरेको हो । पुइग्डेमोन्टले सरकारले आफूहरूविरुद्धको मुद्दामा निष्पक्ष सुनुवाइको सुनिश्चितता नगरेसम्म स्पेन नफर्कने बताउँदै आएका छन् ।

उनीहरू १५ दिनभित्र उनीहरू बेल्जियमको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । बेल्जियमले ६० दिनभित्र उनीहरूलाई स्पेन सुपुदर्गी गर्न सक्छ । यसअघि स्पेनले नियन्त्रणमा लिएका ८ मध्ये एक पूर्व क्याटलान नेता भने धरौटीमा छुटेका छन् । यसैबीच, पक्राउ परेका नेताको रिहाइका लागि क्याटालोनियाका विभिन्न सहरमा प्रदर्शन जारी छ । पक्राउ परेकाहरूले स्पेनी अधिकारीको विरोध जनाउँदै पक्राउ परेकाहरू ‘राजनीतिक बन्दी’ भएको दाबी गर्दै यथाशक्य रिहा गर्न माग गरेका छन् । स्पेनी प्रहरीले प्रदर्शनकारीमध्येबाट दुई जनालाई एक छुट्टै मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको जनाएका छन् ।

प्रकाशित : कार्तिक २१, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?