अस्ट्रेलियामा विद्यालयभित्र कार दुर्घटना हुँदा २ बालकको मृत्यु, आधा दर्जन घाइते

नारायण खड्का

अस्ट्रेलिया — सिड्नीको एक विद्यालयमा मंगलबार बिहान कार विद्यालयभित्र दुर्घटना हुँदा २ बालकको मृत्यु भएको छ भने आधा दर्जन बढी बालबालिकाहरु घाइते भएका छन् ।

सिड्नीको ग्रिनएकरमा रहेको बेन्कसिया प्राइमरी विद्यालयको कक्षाकोठाभित्र ५२ वर्षीया महिलाले चलाइरहेको कार दुर्घटना भएको थियो । घटनामा ८ वर्षीय दुई बालकको मृत्यु भएको र ९ जना बालबालिकाहरु घाइते भएको प्रहरीले जनाएको छ । घाइते बालकलाई उपचारको लागि नजिकैको अस्पताल लगिएको भए पनि केही समयपछि मृत घोषित गरिएको थियो ।

दुर्घटनाको समयमा कक्षाकोठाभित्र शिक्षिकासहित जना ८ देखि ११ वर्षका २४ बालबालिकाहरु अध्ययनरत थिए । घटनापछि चालक महिलालाई प्रहरीले आवश्यक स्वास्थ्य जाँचका लागि अस्पताल लगेको छ । स्थानीय समय अनुसार आइतबार बिहान करिब ९:४५ मा भएको घटनामा उक्त कार कक्षाकोठाभित्रसम्म छिरेको बताइएको छ । कार पार्किङ्ग गर्ने क्रममाा महिलाले नियन्त्रण गुमाएको उल्लेख गरिएको छ । उद्दारमा खटिएका स्वास्थ्यकर्मीहरुले दुर्घटना दुखदायी भएको बताएका छन् ।

प्रकाशित : कार्तिक २१, २०७४ ०९:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही माग

कान्तिपुर संवाददाता

हेटौंडा — निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँकाठाँउ कारबाही गर्न यहाँका राजनीतिक दल र उम्मेदवाहरूले निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरले सोमबार राजनीतिक दल, प्रतिनिधिसभा, प्रदेशसभाका उम्मेदवार र सञ्चारकर्मीहरूको उपस्थितिमा निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

निर्वाचन अधिकृत चन्दकान्त खनालले राजनीतिक दल, उम्मेदवार र सञ्चारकर्मीहरूले पालना गर्नुपर्ने निर्वाचन आचारसंहित जानकारी गराएका थिए ।
प्रजिअ चक्रबहादुर बुढाले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न मतदातादेखि लिएर उम्मेदवारसम्मको सुरक्षाको व्यवस्था मिलाएको बताए । जो कोहीले आफूलाई असुरक्षित भएको महसुस गरेमा तत्कालै सुरक्षाका निकायलाई खवर गर्न अनुरोध गरेका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार एवं दलका अधिकांश प्रतिनिधिले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्य निर्वाचन अधिकृत कार्यालयलाई निर्वाचन आचारसंहिता नियमित अनुगमन गर्नसमेत अनुरोध गरेका थिए ।

प्रकाशित : कार्तिक २१, २०७४ ०९:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT