कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आइएसविरुद्ध ट्रम्प र पुटिन एक

डा नाङ/एजेन्सी

काठमाडौं — अमेरिका र रुस इस्लामिक स्टेटलाई परास्त गर्न मिलेर अगाडी बढ्ने भएका छन् । भियतनामा डा नाङ शहरमा भएको एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) को सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएका वार्तापछि उनीहरु आइएसविरुद्ध एक भएर लड्न सहमत भएका हुन् ।

आइएसविरुद्ध ट्रम्प र पुटिन एक

सम्मेलनका क्रममा उनीहरुले २४ घण्टाको समयमा तीनपटक भेटेवार्ता गरेको थिए । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार उनीहरुबीचको भेटपछि विज्ञहरुले आइएस विरुद्धको लडाइसम्बन्धी दस्तावेज तयार पारेका थिए ।
उनीहरुबीचको संवादका क्रममा पुटिनले सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा आफ्नो संलग्नता अस्वीकार गरेको ट्रम्पले बताए । ‘मैले पुटिनलाई पटक–पटक सोधे । उनले मलाई हेरे र आफूले चुनावमा कुनै हस्तक्षेप नगरेको बताए ।’ ट्रम्पले भने, ‘र मैले विश्वास गरे ।’
सीएनएनका अनुसार ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेप डेमोक्र्याटिक पार्टीको षड्यन्त्र भएको बताए । उनले भने, ‘त्यो सम्पूर्ण कार्य डेमोक्र्याटद्वारा स्थापित थियो ।’
चुनावका क्रममा ट्रम्पले मस्कोसँग साँठगाँठ गरेको आरोप हालैका दिनमा अमेरिकी राजनीतिक वृतमा चर्चामा छ । रोबर्ट मुलर नेतृत्वको विशेष छानबीन टोलीले ट्रम्पका पूर्व सहयोगीलाई उक्त विषयमा अनुसन्धान गरिरहेको छ ।
यसअघि ट्रम्प र पुटिनबीच एपेक सम्मेलनका बीच औपचारिक द्विपक्षीय वार्ता हुने बताइएको थियो । तर रुसी राष्ट्रपतिले भेटको पूर्व निर्धारित कार्यक्रम नभएको बताएपछि उनीहरुबीच अनौपचारिक भेट भएको हो । उनीहरुबीच गत जुलाईमा जर्मनीमा ‘जी–२०’ सम्मेलनका क्रममा पहिलोपटक भेट भएको थियो ।
रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले शनिबार जनाएअनुसार दुई नेताहरु ‘सैनिक समाधानल सिरियाली द्वन्द्ध अन्त्य नहुने’ मा सहमत भएका थिए । उनीहरुले ‘स्लामिक स्टेटलाई परास्त गर्ने र सम्वद्ध सबै पक्षलाई जेनेभा शान्ति प्रक्रियामा समावेश हुन आग्रह गर्ने प्रतिवद्धता’ जनाए ।
रुसी समाचार संस्था इन्टरफ्याक्सक अनुसार उनीहरुबीच इस्लामिक स्टेटविरुद्ध लड्न रुस–अमेरिका संचार माध्यलाई थप शसक्त पार्ने सहमति भएको छ । सन् २०१० देखी जारी गृहयुद्ध विरुद्ध लड्न रुसले सिरियालाई सहयोग गर्दै आएको छ । तर शुरुमा सिरियाली अरब र कुर्दिश विद्रोहीलाई समर्थन गरेको अमेरिकाले २०१४ पछि इस्लामिक स्टेटलक्षित हवाई आक्रमणहरु गर्दै आएको छ ।
हालैका दिनमा सिरियाली सेना र कुर्दिस–अरब गठबन्धनले गरेका आक्रमणपछि जिहादी समुहले मुख्य शहरका पकड क्षेत्रबाट भागेका छन् । गत महिना अमेरिकी समर्थनको सिरियाली प्रजातान्तिक फौज (एसडीएफ) ले गरेका आक्रमणपछि विद्रोहीले रक्का शहरको नियन्त्रण गुमाएका थिए ।
भेटका क्रममा ट्रम्प र पुटिनले एकै प्रकारको कमिज लगाएर फोटो सेसन गराएका थिए । उनीहरुले पारिवारिक फोटो खिच्नुअघि निकैबेर हात मिलाएका थिए । सम्मेलनका क्रममा रुसी विदेशमन्त्री सर्गेइ ल्याभरोभ र उनका अमेरिकी समकक्षी रेक्स टिलरसनबीच पनि भेटवार्ता भएको थियो ।

प्रकाशित : कार्तिक २६, २०७४ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?