कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साउदी–इरान तनाव : ‘लेबनान छद्‌म युद्ध मैदान’

एजेन्सी

भियतनाम — अमेरिकी विदेशमन्त्री अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले लेबनान छद्‌म द्वन्द्वका लागि प्रयोग हुनसक्ने भन्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री साद हरीरीले आफ्ना सुरक्षाको कारण देखाउँदै गत साता राजीनामा दिएपछि लेबनानमा तनाव बढेको हो ।

साउदी–इरान तनाव : ‘लेबनान छद्‌म युद्ध मैदान’

रान र लेबनानको सिया विद्रोही संगठन हेजबुल्लाहले हरीरीलाई साउदी अरबले कब्जामा राखेको र राजीनामाका लागि बाध्य पारेको दाबी गरेका छन् ।

तर अमेरिकी विदेशमन्त्री टिलरसनले आफूले सुचना प्राप्त गरेको जनाउँदै हरीरी सुरक्षित भएको दाबी गरे । उनले लेबननका राजनीतिक संस्थाको सार्वभौमसत्ता र स्वतन्त्रताप्रति अमेरिकाको सदैब समर्थन रहेकामा जोड दिए । बीबीसीका अनुसार टिलरसनलाई साउदी अरबका विदेशमन्त्रीले हरिरीलाई राजीनामा दिन बाध्य नपारिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘कुनैपनि विदेशी शक्ति, विद्रोही र सशस्त्र फौजको लेबनानमा कुनै भूमिका छैन् ।’ टिलरसनले प्रधानमन्त्रीलाई लेबनान फर्कन र स्थितिबारे प्रष्ट पार्न आग्रह गरे । उनका प्रतिक्रिया मुख्यत इरानप्रति लक्षित भएको ठानिपनि केही हदसम्म साउदी अरेबियाप्रति पनि लक्षित रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

हरीरीले राजीनामा घोषणा गरेको केही दिनमा लेबननका हेज्बुल्लाह नेताले आफ्नो देशमाथी युद्ध घोषणा गरेको आरोप लगाएका थिए । हसन नसरल्लाहले हरिरीको इच्छा विना साउदी अरेबियाले उनलाई रोकिराखेको बताए । उनले भने, ‘यो प्रष्ट छ, साउदी अरबले लेबनान र लेबनानी हेज्बुल्लाहविरुद्ध युद्धको घोषणा गरिसक्यो ।’

नसरल्लाहले साउदी अरेबियाले लेबननविरुद्ध इजरायललाई उक्साएको आरोप लगाए । साद हरिरिले गत शनिवार साउदी अरेबियाबाट राजीनामा गरेका थिए । राजीनामाको साता बितिसक्दा पनि उनले कुनै अभिव्यक्ति भने दिएका छैनन् । यद्यपी लेबनानी राष्ट्रपति मिचेल आउन र अन्य वरिष्ठ राजनीतिज्ञले उनको फिर्तिको माग गरेका छन् ।

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार नसरल्लाहले सधै झै शान्त तरिकाले आफ्नो भनाइ राखेपनि उक्त क्षेत्रमा विश्वकै ध्यान केन्द्रीत भएको छ । लेबननको वर्तमान परिस्थितिबारे विश्वका शक्तिशाली नेताहरुले चासो र चिन्ता व्यक्त गरिरहेका छन् । नसरल्लाहले साउदी अरबले लेबनानमा आक्रमण गरेकोमा इजरायललाई अर्बौ रकम दिने तयारी गरेको दाबी गरे ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नयाँ तनावले ‘भयावह परिणाम’ ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले साउदी अरेबियाको आकस्मिक भ्रमण गरेर लेबननको स्थिरताको महत्वमाथि जोड दिएका थिए ।

फ्रान्सको लेबनानसँग निकट सम्बन्ध रहिआएको छ । फ्रान्सको उपनिवेश लेबनान दोस्रो विश्व युद्धपछि स्वतन्त्र भएका हो । बिहीवार साउदी अरेबिया र खाडीका केही मुलुकले आफ्ना नागरिकलाई तुरुन्त लेबनान छाड्न आग्रह गरिसकेका छन् ।

रियादले इरानमाथि हेज्बुल्लाहलाई क्षेप्यास्त्र उपलब्ध गराएको आरोप लगाउँदै ‘प्रत्यक्ष सैनिक आक्रोश’ को संज्ञा दिएपछि पछिल्लो तनाव सिर्जना भएको हो । हेज्बुल्लाहले गत साता यमनबाट रियादमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

प्रकाशित : कार्तिक २६, २०७४ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?