समलिङ्गी विवाहलाई अष्ट्रेलियामा मान्यता

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियामा समलिङ्गी विवाहले मान्यता पाएको छ। केहि दिनअघि यसबारेमा राष्ट्रियरूपमा हुलाक मार्फत मतदान गरिएको थियो । यहाँ रहेका १ करोड २० लाख जनताले मतदानमा सहभागिता जनाएका थिए ।

अष्ट्रेलियामा समलिङ्गी विवाहले मान्यता पाएको छ। केहि दिनअघि यसबारेमा राष्ट्रियरूपमा हुलाक मार्फत मतदान गरिएको थियो ।

यहाँ रहेका १ करोड २० लाख जनताले मतदानमा सहभागिता जनाएका थिए ।

जम्मा मतको ६१ दशमलप ६ प्रतिशत मतदाता ले समलिङ्गी बिवाहको पक्षमा मतदान गरेको आज बिहान सार्वजनिक गरिएको नतिजामा उल्लेख छ।

विगत लामो समयदेखि बिवाद्को रुपमा रहेको यस विषयलाई जनताले स्वीकृति दिएपछि ससदबाट कानुनको रूपमा लागू हुनेछ ।

यसको पक्ष र विपक्षमा धेरै क्याम्पेनहरु भएका थिए भने अहिले पनि धेरै मानिसहरु सहमत हुन सकेका छैनन् ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:१२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सडक बालबालिकालाई जाडोमा लुगा

अर्जुन राजवंशी

दमक — इटहरीको धरान रोडमा मलिला लुगा लगाएर एक बालक माटोमै सुतिरहेका थिए । झिँगाले घेरिएको अवस्थामा सुतिरहेका उनलाई झापा दूधेका सन्तोष थोप्रा लिम्बूले ब्यूझाए । लिम्बूले चाउचाउ दिंदा खुसी भएर खादै ती बालक गफ गर्न थाले ।

उनी लक्ष्मण मगर रहेछन् । घर झापाको सुरुङ्गा । तर, बुबा र आमा दुवैले दोस्रो विवाह गरेपछि आफू एक्लै परेको उनले सुनाए । इटहरीको सडक र गल्लीहरुमा रात काट्दै आएको ३ बर्ष भइसकेको उनले बताए । ३ दिनसम्म केही खान नपाएकोले हिड्न नसकेर सुतेको उनले बताए । लिम्बूले मगरलाई मात्र होइन, पूर्वका ८२ जना बालबालिकालाई जाडोको लुगा र खाने कुरा बाँडेका छन् । चिसो मौसम सुरु भएसंगै सबैभन्दा धेरै सडक बालबालिकाहरु प्रभावित हुन्छन् । तर, उनीहरुले कतैबाट कुनैखाले राहत पाउदैनन् । ‘यसैले मैले जाडोमा काम लाग्ने लुगा उनीहरुलाई बाडेको हुँ’ लिम्बूले बताए ।

चार वर्ष अघि उर्लाबारीमा हत्या गरी शौचालयको ट्यांकीमा फ्यााकिएको अवस्थामा एक बालक फेला परेका थिए । प्रहरीको अनुसन्धानमा ती बालक हत्यामा सडक जीवन व्यतित गर्दै हिड्ने ‘काली’ नाम गरेकी बालिका र अर्का एक जना व्यक्ति दोषी देखिए ।

तीन महिना अघि उर्लाबारीमै सडकमै जीवन व्यतित गरिरहेकी एक जना महिलालाई त्यहीका सडक बालकहरुले सामूहिक बलात्कार गरे । घटना त्यतिकै सेलायो । बलात्कृत ती महिलाको अहिले अत्तोपत्तो छैन । उर्लाबारीका सडक बालकहरुले महिलालाई उर्लाबारी चोकमा बलात्कार गरेको स्वीकारिससकेका छन् ।

उर्लाबारीमा सडक बालबालिको अपराधकर्मको फेरिस्त योभन्दा लामो छ । यी घटना प्रतिनिधिमूलक मात्र हुन् । उर्लाबारीको पूर्व बसस्टेण्डमा १७ जना सडक बालबालिका छन् । जसले तातो सडकलाई आफ्नो न्यानो विस्तारा र ढुंगालाई सिरानी बनाएर जीवन बिताइरहेका छन् । परिवारको बेवास्ता र सामाजिक अपहेलनालगायत कारणले बालबालिकाहरु सडकसम्म पुगिरहेको बताइन्छ ।

सडकमा बस्दा स्वतन्त्र हुने उनीहरुको अनुभव छ । डेनड्राइट, चुरोट, गाजा सेवन उनीहरुका लागि सामान्य बनेको छ । पछिल्लो समय यौनजन्य क्रियाकलापमा समेत उनीहरु निकै अगाडी देखिएको छ । यस्ता कुलतमा रहेका बालबालिकाहरुको संख्या झापाको काँकडभिट्टादेखि धरानसम्मकै बजार र बस स्टेण्डमा उल्लेख्य छ ।

शनिबार ह्युमनेटी नामक् गैह्रसरकारी संस्थाले पूर्वीद्वार काँकडभिट्टादेखि सुनसरीको धरानसम्मका चोक र बजारमा रहेका सहारा बिहीन सडक बाललालिकाको अवस्था बुझ्ने काम गर्‍यो । काँकडभिट्टा, विर्तामोडमा सडक बालबालिको संख्या शनिबार २४ जना भेटियो । तर मोरङ र सुनसरीमा भने ५८ जना भेटिए । काँकडभिट्टामा ११, विर्तामोडमा ७ र दमकमा ६ जना सडक बालबालिका भेटिए । मोरङको उर्लावारीमा ७, विराटचौकमा १३, गछियामा ३ जना भेटिए । इटहरीमा १४ र धरानमा २१ जना भेटिए । सडकमा भेटिएका यस्ता बालबालिकाको ईच्छा राम्रो लुगा लगाउने अनि मिठो खाने र ठूलो भएपछि ठूलो मान्छे बन्ने रहेछ । सडक बालबालिकाका कारण प्रशासनलाई पनि ठूलो चुनौती छ । कतिपय ठाउँका चोरीका घटनामा उनीहरुको संलग्नता पाइने गरेको प्रहरीको भनाई छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT