१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निष्पक्ष र निडर पत्रकारिताले नै भ्रष्टचार मुक्त समाज

सत्ताको दुरुपयोग, संगठित भ्रष्टचार मौलाउँदौ, राष्ट्रिय ढुकुटीमा सबैको आँखा
चन्द्रशेखर अधिकारी

जोहनेसबर्ग (दक्षिण अफ्रिका) — ‘भ्रष्टचार मुक्त विश्वको परिकल्पनामा पत्रकारिताको प्रयास’ भन्दै १० औं ‘विश्व खोज पत्रकारीता सम्मेलन’ दक्षिण अफ्रिकाको जोहनेसबर्गमा विहीबारदेखि आरम्भ भएको छ । विश्वका ६७ मुलुकका एक हजार दुई सय ६४ सक्रिय पत्रकार सहभागी छन् । सहभागी सबैले भ्रष्टचार मुक्त समाज र असल शासनको परिकल्पनाका लागि पत्रकारीतको क्षेत्रबाट केही न केही योगदान गरेको जानकारी दिए ।

निष्पक्ष र निडर पत्रकारिताले नै भ्रष्टचार मुक्त समाज

सत्तामा जानको लागि हुने राजनीतिक सहकार्य र त्यसले निम्त्याउने ‘सर्वसत्तावाद’ विश्व राजनीतिको पछिल्लो चुनौति रहेको पाका पत्रकारहरुले बताए । उनीहरुले आ–आफ्नो मुलुकको अवस्था र भएका प्रयासहरुको अनुभव सुनाउँदै त्यस्तो बताएका हुन । भइरहेको र निम्तिन सक्ने समस्याबाट मुलुकलाई बचाउन पत्रकारिताको क्षेत्रबाट गरिने प्रयास नै हाम्रो योगदान रहने भन्दै त्यसमा केन्द्रीत हुन उनीहरुले उदाउँदो र सक्रिय पत्रकाराहरुलाई आह्वान गरे ।

‘राम्रो पत्रकारिता कसरी गर्ने ?’ र ‘आफ्नो अब्बल रिर्पोटिङ’ सुनाउने कार्यसँगै उनीहरुले यस्तो धारणा ब्यक्त गरेका हुन । निकै धेरै प्रयोगमा आएको ‘फेक न्युज’ बाट पत्रकारिता टाढा रहनुपर्ने पनि उनीहरुले भने, ‘पत्रकारितामा चुनौति पक्कै छ । तर यसमा भित्री खुशी र मुलुकको लागि योगदान पनि उत्तिकै छ । तर फेक न्युज र प्रशंसा पत्रकारिताबाट टाढा रहनुपर्छ ।’

आफुमा भएको कमिकमजोरीलाई निखार्दै अघि बढ्ने अवसरको रुपमा यो नेटवर्क अब्बल बनाउन पर्ने सबैको धारणा छ । पत्रकारिताको सिमा कुनै मुलुक भित्रमात्र रहँदैन यसको अब्बल संजाल आवश्यक रहेको भन्दै यहि संजालमार्फत मिलेर काम गर्न समेत उनीहरुले धारणा ब्यक्त गरेका छन । मानव बेचविखन, ‘मनि लन्ड्री’ लगायत सबै पाटो अहिलेको चुनौति रहेको भन्दै यसमा मिलेर काम गर्न आवश्यक छ । अल्पविकसित मुलुकमा असिमित धनाढ्यहरु यसमा बढि सक्रिय रहेको उनीहरुको निश्कर्ष छ ।

तीन दिनसम्म चल्ने उक्त सम्मेलनमा पत्रकारको क्षमता बृद्धि, तथ्यमा सचेत, सूचनामा अधिकार (आरटीआई)को उपयोग, आ–आफ्ना अनुभव आपसमा बाड्दै छलफल आरम्भ भएको हो । रोयर्टसमा लामो समय काम गरेका डेविड के जोनस्टनले सरकारी संयन्त्र नै भ्रष्टचारको मुख्य पालक रहने बताए । निजी क्षेत्रलाई नियन्त्रण गर्न नसक्ने स्थान नै हुँदैन । हामीले अहिले यसमा ध्यान दिन जरुरी छ । यद्यपी सरकारी संयन्त्रत्रमा नियन्त्रण गर्ने पाटो पनि हुन्छ । संभवत विश्वमा त्यो पाटो नै बढि भ्रष्ट रहेको हुनसक्छ भन्दै उनले भने, ‘आर्थिक क्षेत्रमा मैले रिपोर्टिङगरिराख्दा यो धेरै नै देख्ने गरेको छ ।’ भ्रष्टचार जिरो नै हुन सक्दैन तर त्यसलाई अधिकतम कसरी कम गर्ने भन्नेमा हामी सधै चनाखो बन्नुपर्छ । पत्रकारीता अव कसैको भाषण र प्रशंसामा होइन त्यसको खुशी भित्रको भित्री पाटोखोज्नेमा केन्द्रित हुनपर्छ ।

नेपालबाट कुन्द दिक्षितको नेतृत्वमा छ पत्रकार सहभागी छन् । दिक्षितले जलबायु परिवर्तन र खोजपत्रकारीता केन्द्रकी अध्यक्ष नम्रता शर्माले मानव बेचविखन तथा नेपालको पछिल्लो अवस्थाबारे फरक फरक प्यानल अध्यक्षता गर्दै नेपालको पछिल्लो अवस्थाको धारणा शुक्रबार राख्नेछन । खोज पत्रकारितामा सक्रिय पत्रकार निकै जोखिममा रहने हुनाले उनीहरुको सुरक्षा पनि अर्को पाटो रहेको भन्दै यसलाई पनि ध्यान दिन आवश्यक रहेको बताए ।

खोज पत्रकारिताका लागि नर्वेजियन फाउन्डेसन, नर्वेका जोन बोन्सले खोज पत्रकारिता गर्नेहरुको लागि पत्रकारिता सधै चुनौति पूर्ण रहने बताए । उनको धारणालाई जोड दिंदै पत्रकार महासंघ, नेपालका अध्यक्ष रहिसकेका शिव गाउँलेले नेपालमा अहिले भइरहेको पत्रकारिता अन्यको तुलनामा कमजोर नभएपनि विश्वको अनुभव र नेटवर्कले थप उर्जा मिल्ने बताए । नेपाल जस्तो मुलुकमा भ्रष्टचार बढ्दो छ । शासन प्रणाली, लोकतन्त्रको दुरुपयोग, शक्तिको उपयोग नै भ्रष्टहरुको जालो बनेको बताउँदै त्यसमा केन्द्रित रहेर पत्रकारिता अवको खाँचो रहेको गाँउलेले बताए ।

सरकारी सेवामा रहने राजनीति गर्ने देखि निजी क्षेत्रमा काम गर्ने सबैमा मौलाउँदौ भ्रष्टचारलाई नियन्त्रण मात्र होइन यसलाई बाहिर ल्याउन विश्वका पत्रकारहरुको नेटवर्क आवश्यक रहेको उपस्थित सबैको धारणा छ । विषयगत रुपमा फरक फरक प्यानलमा छलफलहरु चलिरहेको छ । असल शासन, मानव बेचविखन, शरणार्थी समस्या, हुण्डी, राजनीतिक सर्वसत्तावाद, शासक, लोकतन्त्रको दुरुपयोग, दण्डहीनतालगायतका फरक फरक क्षेत्रमा छलफल केन्द्रित रहेको छ ।

प्रकाशित : कार्तिक ३०, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?