१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

‘सर्वसत्तावाद’ विश्व राजनीतिको पछिल्लो चुनौति

विश्व खोज पत्रकारिता सम्मेलन

जोहानेसबर्ग (दक्षिण अफ्रिका) — लोकतन्त्रको संस्थागत विकासको लागि पत्रकारिता कहिल्यै चुक्न नहुने निश्कर्ष सहित चारदिने खोज पत्रकारताको विश्व सम्मेलन आइतबार जोहनेसवर्गमा सकिएको छ । विश्वब्यापीकरणको वर्तमान परिवेशमा क्षेत्रीय र महादेशीय संजाल संयन्त्रको विकासले मात्र स्वस्थ पत्रकारित सम्भव भएको सम्मेलनको निष्कर्ष छ ।

‘सर्वसत्तावाद’ विश्व राजनीतिको पछिल्लो चुनौति

सहकार्यको लागि विश्व संजाल आवश्यक भएको भन्दै त्यसमा केन्द्रित हुनुपर्नेमा सबै मुलुकका प्रतिनिधीले जोड दिए ।

‘भ्रष्टचार मुक्त विश्वको परिकल्पनामा पत्रकारिताको प्रयास’ भन्दै १० औं ‘विश्व खोज पत्रकारीता सम्मेलन’ दक्षिण अफ्रिकाको जोहनेसबर्गमा विहिबारदेखि शुरु भएको थियो । विश्वका ६७ मुलुकका १ हजार २ सय ६४ सक्रिय पत्रकार मध्ये दुई सय बढिले विभिन्न सेसनमा आफ्नो धारणा राखे । विश्वमा उत्कृष्ठ खोज पत्रकारीताका नमुना पेश गरेका १२ पत्रकार सम्मानित समेत भए । पनामा र प्याराडाइज पेपर्सको खुलासाले पनि संजालको आवश्यकता देखाएको छ । किनकी ती खुलासा ब्यक्तिको मात्र नभइ संयुक्त प्रयास थियो ।

सहभागिले भ्रष्टचार मुक्त समाज र असल शासनको परिकल्पना एक अर्काका परिपुरक भएको जनाए । उनीहरुले खोज पत्रकारिताले नै भ्रष्टाचार मुक्त समाज स्थापना गर्न सम्भव भएको दाबी गरे । सन् २००१ को अर्थशास्त्र तर्फका नोवल पुरस्कार विजेता जोसेफ ई. स्टिग्लिट्जले पत्रकारिताले सहभागितामुलक समाज निर्माण गर्ने र आम मानिसका अन्तरकथालाई बाहिर ल्याउन सकिने बताए । ‘पत्रकारिताले अहिलेको आवश्यकता अनुसार समाजलाई सहि मार्गमा हिडाउन सक्छ । जनतालाई शासकको अनावश्यक प्रभाव र दबाबबाट मुक्त गर्न पनि निडर पत्रकारिता आवश्यक छ ।’ कोलम्बिया विश्व विद्यालयका प्राध्यापक स्टिग्लिट्जले भने, ‘जनताको हित र समृद्धिको लागि काम गर्न अन्तराष्ट्रिय संजालको आवश्यकता छ ।’ ‘खोजमुलुक पत्रकारिता अल्पविकसित मुलुकमा झन प्रभावकारि हुन जरुरी छ ।’ पनामा र प्याराडाइज पेपर्सको खुलासालाई उदाहरण दिदै नोवल लरेन्टले भने, ‘जसले ति मुलुकका शासकको निरंकुशता विरुद्ध लड्न सघाउछ ।’

पछिल्लो समय विश्वभर पत्रकारिता प्रशंशामय हुन लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । विश्वको पत्रकारिता ब्यापारिक घरना, राजनीतिक दल, माफियाको केन्द्रमा रहेको भन्दै यसबाट मुक्त दिलाउन यो प्रकारको संजाल आवश्यक रहेको पनि उपस्थित सबैजसोले बताए । उनीहरुले हालैका दिनमा पत्रकारिता जनताको चासो भन्दा पनि दल वा नेताको वखान, ब्यपारी, ठेकेदार र विचलौलियाको गतिविधीमा केन्द्रित हँुदै गएको भन्दै चिन्ता ब्यक्त गरे । 

विश्व खोजपत्रकारिता संजालको कार्यकारी निर्देशक डेभिड कप्लानले विश्वका कुना काप्चामा रहेका शासकको 
ज्यादति, र गुणगान पत्रकारीताको विरुद्ध एक हुनैपर्ने बताउँदै भने, ‘भ्रष्टहरुको संजाल चिर्न पत्रकारिताको विश्वभर छुट्टै संयन्त्र बनाउन आवश्यक छ । यसमा हामी अधिकतम सफलता प्राप्त गरेका छौ ।’ 

उपस्थित पत्रकारको चाहना भनेकै राम्रो र अव्बल समाचारको ‘पेग’ सुन्नैमा केन्द्रित रह्यो । निकै धेरै प्रयोगमा आएको ‘फेक न्युज’ र ‘गुणगान’ पत्रकारिताबाट टाढा रहनुपर्नेमा पनि उपस्थित पत्रकारको सहमति थियो । ‘पत्रकारिता सजिलो काम होइन । यसमा स्थायी साथि र शत्रु पनि हँुदैन । देखेको विषयमा प्रश्न उठाउँन छोड्नु हुँदैन । तर, त्यसका लागि सभ्य शैली र विषय बस्तुमा ज्ञानको भने जरुरी हुन्छ,’ प्राध्यापकहरुले सुनाए, ‘पत्रकारिता जीवन यापनको लागिभन्दा पनि निर्दिष्ठ लक्ष्य पुरा गर्न प्रतिवद्धता बोक्नेहरु बढिरहेका छन । यो राम्रो कुरा हो । पत्रकारिता साच्चै भन्दा कुनै कम्पनीको जागिर होइन । यो त समाज परिवर्तन र सूचनाको पहिलो पहुचको लागि गरिने निरन्तर प्रयास हो । यसमा भित्री खुशी र मुलुकको लागि योगदान पनि उत्तिकै छ ।’
अहिले विश्वमा बढो मानव बेचविखन, आर्थिक अपचलन तथा निरंकुशताबिरुद्ध उभिनु पत्रकारिताको अहिलेको प्रमुख चुनौति रहेकोमा उपस्थित पत्रकारको सहमति रह्यो । अल्पविकसित मुलुकमा असिमित धनाढ्यहरु बढि सक्रिय रहेको उनीहरुको निश्कर्ष थियो ।चार दिनसम्म चलेर सम्पन्न भएको उक्त सम्मेलनले पत्रकारको क्षमता बृद्धि, तथ्यमा सचेतना, सूचनामा अधिकार (आरटीआई)को उपयोग, डाटाको अध्ययनमा जोड दिइएको थियो । सबै विधामा छुट्टा छुट्टै छलफल भएको थियो ।

नेपालबाट सहभागी नेपाली टाइम्सका सम्पादक कुन्द दिक्षितले कठिन परिस्थितिमा पत्रकारिताको अवस्था, जलवायुपरिवर्तनको विषयमा भइरहेका रिपोर्टिङमा नेपालको पछिल्लो अनुभव सुनाएका थिए । उनले भने, ‘यो नेपालको मात्र होइन विश्वब्यापी मुद्दा हो ।’ खोजपत्रकारिता केन्द्र नेपालकी अध्यक्ष नम्रता शर्माले मानव बेचविखन विरुद्ध पत्रकारिता नेटवर्क बलियो बनाएर अघि बढाउनु पर्नेमा जोड दिइएकी थिइन ।

कार्यक्रममा नेपालबाट खाडीमा मुलुकमा काम गर्न गएका नेपाली महिलाको अवस्थाबारेमा विश्व भरका पत्रकारहरुले जिज्ञासा राखेका थिए । अफ्रिका, दक्षिण अमेरिका हुदै अमेरिका पुर्‍याउन सक्रिय मानव बेचविखन संजालको विरुद्धमा नेपालले गरेको प्रयासको बारेमा समेत उपस्थित पत्रकारहरुले चासो राखेका थिए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्र नेपालका प्रमुख शिव गाँउलेले लोकतन्त्रको दुरुपयोग र शक्तिको प्रयोगबाट नै भ्रष्टहरुले रजगज गर्ने बताउँदै त्यसमा केन्द्रित रहेर गरिने पत्रकारिताले नै लुकेको विषय बाहिर ल्याउन सक्ने बताए । ‘यसको लागि नेपाल जस्ता देशले अन्तराष्ट्रिय संजालको पुरापुर उपयोग गर्न सक्नुपर्छ,’ उनले भने ।  

अर्को सम्मेलन सन् २०१९ मा जर्मनीको ह्याम्बर्गमा हुने तय भएको छ । 

प्रकाशित : मंसिर ३, २०७४ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?