जिम्बावेमा मुकावे राजको अन्त्य, निर्वासनको दुई सातामै मनङ्गवा राष्ट्रपति

काठमाडौं — जिम्बावेमा ३७ बर्षे रवर्ट मुकावे शासन निरंकुशताको अन्त्य गर्दै नयाँ राष्ट्रपति इमर्सन मनङ्गवाले शुक्रबार सपथ लिएका छन् । उनी मुकावेले उपराष्ट्रपतिबाट अपदस्त गरेर निर्वासनमा पुगेको दुई साता पछि नै राष्ट्रपति बनेका हुन् ।

जिम्बावेमा मुकावे राजको अन्त्य, निर्वासनको दुई सातामै मनङ्गवा राष्ट्रपति

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार मुकावेको उत्तराधिकारीको रुपमा लिइएको मनङ्गवालाई बर्खास्त गरेर आफ्नै श्रीमतीलाई उत्तराधिकारी बनाउने प्रयास गरेपछि बृद्ध नेता मुकावेको बिरुद्ध सेना र उनकै पार्टी जानु–पीएफले हस्तक्षेप गरेको थियो ।

सबैको दवाव पछि मुकावेले सत्ता छाडेका थिए । पदमुक्त गरिएपछि दक्षिण आफ्रिका निर्वासनमा पुगेका मनङ्गवा दुई सातापछि बुधबार स्वदेश फिरेका थिए ।

यद्यपी मनङ्गवा लामोसमयदेखि सत्तामै रहेका जिम्बावेका 'राजनीतिक संभ्रान्त' हुन् । उनी मुकावे शासनकालमा भएका धेरै मानव अधिकार उल्लंघनका बिषयहरुमा दोषी रहेको बताइन्छ । सन् १९८० को दशकमा भएको गृहयुद्धका बेला गुप्तचर प्रमुख रहेका मनङ्गवा नरसंहारका घट्नाहरुमा दोषी रहेको बताइएपनि उनले अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित : मंसिर ८, २०७४ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?