१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

बीबीसी

हरारे — जिम्बाबेका पूर्वअर्थमन्त्री इग्नाटिएस चोम्बोलाई भ्रष्टाचारको अभियोगमा अदालतमा उपस्थित गराइएको छ । उनलाई गत साता सेनाले शासनसत्ता हातमा लिएपछि पक्राउ गरेको थियो । उनलाई एक दशकअघिको मुद्दाका क्रममा अदालतमा उपस्थित गराइएको हो ।

कानुन व्यवसायीका अनुसार चोम्बोले एक साता लामो हिरासतमा प्रहरीले शारीरिक दुव्र्यवहार गरेको आरोप लगाएका छन् । तर प्रहरीले उक्त आरोप निराधार भएको दाबी गरेको छ । उनलाई धरौटीमा रिहा गर्ने/नगर्नेबारे अदालतले सोमबार निर्णय गर्ने जनाएको छ ।

एक छुट्टै प्रसंगमा जिम्बावेको उच्च अदालतले गत साता राष्ट्रपति रोबर्ट मुगाबेलाई अपदस्थ गरी सेनाले शासनसत्ता हातमा लिएको कदम कानुनी भएको निर्णय गरेको छ । जिम्बावे प्रसारण संस्थाका अनुसार अदालतले राष्ट्रपतिले गलत नियतका साथ शक्तिको दुरुपयोग गरेको भन्दै सेनाको कदम संवैधानिक भएको जनाएको हो ।

मुगावेले पत्नीलाई राष्ट्रपति बनाउने क्रममा उपराष्ट्रपति एमर्सन मनाङगाग्वालाई बर्खास्त गरेपछि गत साता सेनाले सत्ता हातमा लिएको थियो । त्यसपछिको चौतर्फी दबाब थेग्न नसकेपछि मुगाबेले राजीनामा दिएका थिए । रिक्त पदमा पूर्वउपराष्ट्रपति मनाङगाग्वाले शपथ लिइसकेका छन् ।

प्रकाशित : मंसिर ११, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?