हामी अमेरिकाको कुनै पनि भूभागमा आणविक बम प्रहार गर्न सक्ने भयौं : उत्तर कोरिया

बीबीसी

कोरिया — उत्तर कोरियाले अन्तर महद्वीप क्षेप्यास्त्रको सफल परिक्षण गर्दै त्यसले अमेरिकाको कुनै पनि क्षेत्रमा प्रहार गर्न अब आफू सक्षम भएको दाबी गरेको छ। उत्तरको सरकारी टेलिभिजनले प्योङयाङको दाबी प्रस्तुत गर्दै अब आफू पूर्णरुपमा आणविक शक्ति सम्पन्न मुलुक भएको समेत बताएको छ।

हामी अमेरिकाको कुनै पनि भूभागमा आणविक बम प्रहार गर्न सक्ने भयौं : उत्तर कोरिया

उत्तर कोरियाले अन्तर महद्वीप क्षेप्यास्त्रको सफल परिक्षण गर्दै त्यसले अमेरिकाको कुनै पनि क्षेत्रमा प्रहार गर्न अब आफू सक्षम भएको दाबी गरेको छ।

उत्तरको सरकारी टेलिभिजनले प्योङयाङको दाबी प्रस्तुत गर्दै अब आफू पूर्णरुपमा आणविक शक्ति सम्पन्न मुलुक भएको समेत बताएको छ।

उत्तर कोरियाले दाबी गरेअनुसार उसले 'द ह्वासङ-१५' नाम गरेको हालसम्मकै शक्तिशाली मिसाइल स्थानीय समय अनुसार बुधबार बिहान परिक्षण गरेको थियो। परिक्षणको क्रममा उक्त मिसाइल जापानी सीमामा भित्र प्रवेश गरी निस्तेज भएको थियो।

त्यहाँको सरकारी सञ्चार माध्यमबाट सार्वजनिक गरिएको विज्ञप्तीमा उत्तर कोरियाका शासक किमजोङ उनलाई उद्धृत गर्दै भनिएको छ- 'अब हामी पूर्ण रुपमा आणविक र क्षेप्यास्त्र भएको मुलुक भएका छौं। शान्ति प्रिय राज्यका हिसाबमा हामी यसको प्रयोग विश्वमा शान्ति तथा स्थायित्व कायम गर्नका लागि मात्रै गर्ने छौं ।'

प्रकाशित : मंसिर १३, २०७४ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?