कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जसले राजकुमार ह्यारी र मेगानको जोडी मिलाइन्

वेस्टेनहोल्ज आफै कुनै बेला ह्यारीको संभावित श्रीमतीको रुपमा हेरिन्थ्यो

काठमाडौं — बेलायती राजकुमार ह्यारी र अमेरिकी नायिका मेगान मार्केलबीच इन्गेजमेन्ट भयो । उनीहरुलाई सोधियो, तिमीहरुको भेट कसरी र कहिले भयो ?

जसले राजकुमार ह्यारी र मेगानको जोडी मिलाइन्

ह्यारीको जवाफ यति मात्र थियो, 'हाम्रो भेट एक जना साथीले आयोजना गरेको 'ब्लाइण्ड डेट' मा भएको हो ।' मेगानले त्यसमा थप्दै भनिन्, 'हामी यो भन्दा धेरै भन्न चाहन्नौं, हामीले उनको निजत्वको पनि सम्मान गर्नुपर्छ ।'

मेगानको कुराबाट ति 'म्याचमेकर' महिला हुन् भन्ने प्रष्ट भएपनि को हुन् भन्ने कुरा खुलेन । अनि सुरु भयो, संसारको ध्यान तान्ने बेलायती राजकुमार र अमेरिकी नायिकाको लगन जुराउने ति महिलाको खोजी ।

धेरैले धेरैको अड्क काटे । तर, अन्तत् बेलायती पत्रिका द टेलिग्राफले ठोकेरै लेख्यो, यो राजकीय जोडी मिलाउने त्यो रहस्यमयी 'लमी' हुन्, वायलेट वोन वेस्टेनहोल्ज ।

३३ बर्षीया वेस्टेनहोल्ज फेसन कम्पनी राल्फ लउरेनका जनसम्पर्क निर्देशक हुन् । उनले नै राजकुमार ह्यारी र मेगानबीच 'ब्लाइन्ट डेट' मिलाएको बिश्वास गरिएको छ । 'ब्लाइन्ट डेट' भनेको संभावित प्रेम तथा रोमान्सका लागि यसअघि कहिल्यै नभेटेकाहरुबीच मिलाइएको चाँजो अनुसार भेटघाट हो ।

एक प्रश्नमा वेस्टेनहोल्जले भनेका छन्, 'यो विषयमा अरुलाई नै बोल्न दिउँ ।' उनले यो ठूलो स्टोरी भएको उल्लेख गर्दै उनीहरु संगै खुशी रहने बिश्वास ब्यक्त गरिन् । भनिन्, 'म खुशी छु, साँच्ची नै खुशी छु, उनीहरु संगै हुनु राम्रो कुरा हो ।'

ह्यारी र मेगानबीच गत बर्ष जुलाई १ देखि ५ सम्ममा मेगान लण्डनमा रहेको बेला सोहो हाउस क्लवमा भएको विश्वास गरिएको छ । त्यसबेला वेस्टेनहोल्जले इन्स्टग्राममा पोष्ट गरेकी थिइन्, 'लभबर्ड्स इन लण्डन ।'

वेस्टेनहोल्ज बेलायतका पूर्व ओलम्पिक स्कीयरका छोरी तथा राजकुमारका नजिकका साथी हुन् । यसअघि एक पटक वेस्टेनहोल्ज आफै राजकुमार ह्यारीको संभावित श्रीमतीको रुपमा डेलमेलले लेखेको थियो ।

प्रकाशित : मंसिर १३, २०७४ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?