होटलमा बसेर १२० वटा टिभी चोरेको आरोपमा भारतीय पक्राउ

बीबीसी

दक्षिण भारतका सस्ता खालका होटलमा बसेर होटलका टेलिभिजन चोरेको आरोपमा भारतीय प्रहरीले बैंगलोरबाट एक जनालाई पक्राउ गरेको छ । उनले चार महिनाको अवधीमा एकसय २० टेलिभिजन चोरेको प्रहरीको भनाई छ ।

होटलमा बसेर १२० वटा टिभी चोरेको आरोपमा भारतीय पक्राउ

प्रहरीका अनुसार वासुदेव ननैया नामक ति पुरुषको भद्र र शालिन स्वभावका कारण होटलका कर्मचारीले उनले टेलिभिजन चोरेका हुन् भनेर शंकासमेत गर्दैनथे ।

प्रहरीका अनुसार ननैया मध्यम खालको सुटकेश बोकेर होटलमा बस्थे ।

उनी अक्टोबर महिनामा पनि होटलबाट टिभी चोरी गरिरहेको बखत पक्राउ परेका थिए र लगत्तै धरौटीमा रिहा भएका थिए ।

प्रहरीका अनुसार रिहा भएको केही दिनपछि नै उनले पुन: टिभी चोर्न थालेका थिए ।

प्रहरीका अनुसार होटलको कोठाको टिभी आफ्नो सुटकेशमा नअट्ने जस्तो देखिए उनी पुन: अर्को सुटकेश किनेर ल्याउथे र टिभी बोकेर निस्कन्थे ।

‘उनी हतार भएजसरी होटलबाट बाहिरिने र भित्रिने गरिरहन्थे जसकारण होटलका रिसेप्सनिष्टले समेत उनी टिभी बोकेर कतिखेर निस्किए याद नै गर्दैनथे,’ प्रहरीले भनेको छ ।

चोरेको टेलिभिजन बिक्री गर्न लाग्दा उनी अहिले पक्राउ परेका हुन् । उनले टेलिभिजन बिक्री गर्न खोजेको व्यक्तिले प्रहरीलाई जानकारी गराएका थिए ।

बैंगलोर प्रहरीले उनीमाथि २१ टिभी चोरी गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

उनमा मानसिक समस्या भएर पो यस्तो चोरी गरेका हुन् कि भन्ने बिषयमा अदालतले निक्र्यौल गर्ने प्रहरीको भनाई छ ।

प्रकाशित : मंसिर १३, २०७४ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?