भएका दलसंग निराश छन् अमेरिकी युवा

सत्तरी प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन्
रासस/सिन्ह्वा

वासिङ्टन — अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ ।

उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए ।

ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरुको छ । त्यसैले उनीहरुले यी दुईको सट्टामा अर्को राम्रो काम गर्ने दल चाहेको बताएका हुन् ।

हालै गरिएको सो सर्वेक्षणमा अमेरिकी नागरिकको सो धारणा बाहिर आएको बताइएको छ । उक्त सर्वेक्षणमा सहभागी भएकामध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् ।

उनीहरुले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उनले जारी राखेका कामहरु जनताले मन पराउने खालका नरहेको पनि बताएका छन् ।

एनबिसी न्युजले गरेको सो सर्वेक्षणमा सहभागी करिब ६५ प्रतिशत युवाहरुले संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयहरुमा गलत दिशातर्फ उन्मुख भइरहेको जनाएका छन् ।

उक्त सर्वेक्षणका अधिकांश सहभागीहरुले अमेरिकामा राजनीतिक दलले जनताको वास्ता नगर्ने गरेको जनाएका छन् । त्यसैले उनीहरुले हालका दुई दलभन्दा अर्कै राजनीतिक दल चाहेको बताएका छन् ।

राष्ट्रिय रुपमा नै प्रतिनिधित्व हुनेगरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, बर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो ।

उक्त सर्वेक्षण गत अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको थियो । विभिन्न क्षेत्र, बर्ग र समुदायका गरी १ हजार ८७६ जना १८ बर्षदेखि ३४ बर्ष उमेर समूहका युवाहरुलाई सो सर्वेक्षणमा सहभागी गराइएको थियो ।

प्रकाशित : मंसिर १४, २०७४ १८:००
प्रतिक्रिया
पठाउनुहोस्

बम विष्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख राहत

छाेरीकाे पढाई खर्च व्यहाेर्ने उपमहानगरपालिकाकाे घोषणा

दाङ — दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई २५ लाख रुपैयाँ राज्यले राहतस्वरुप उपलब्ध गराउने बताएका छन् । तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुगेका प्रजिअ श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई २५ लाख रुपैयाँ राज्यले राहतस्वरुप उपलब्ध गराउने बताएका छन् ।

तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुगेका प्रजिअ श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।

बीमावापतको १५ लाख रुपैयाँ र राज्यले राहतस्वरुप उपलब्ध गराउने १० लाख रुपैयाँसमेत गरी २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भए पनि चौधरी पहिलो सहिद भएको उनले बताए । उनले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा डेढ वर्षीया छोरी प्रमिसाको अध्ययनको व्यवस्थापन गरिने बताए ।

त्यस्तै संघीय प्रहरी इकाइका कार्यालयका प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्य पालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई राज्यको नियमअनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताए ।

चौधरी परिवारलाई ५ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले किरिया खर्चका लागि व्यक्तिगतरुपमा प्रदान गरेको २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फबाट एसपी दुर्गा सिंहले नगद २५ हजार गरी ५० हजार प्रदान गरिएको थियो ।

त्यसैगरी श्रद्धाञ्जलि दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट किरिया खर्चबापत २५ हजार र चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च व्यहोर्ने घोषणा गरे ।

बम विष्फोटमा परी मृत्युवरण गरेका विनोद चौधरीको आज अन्त्यष्टि गरिएको छ । उनको बबई नदीमा अन्तिम दाहसंस्कार गरिएको हो ।

प्रकाशित : मंसिर १४, २०७४ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्