युक्रेनको अदालतमा विस्फोट

रासस/सिन्हृवा

कीभ, युक्रेन — युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोटन भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

युक्रेनको अदालतमा विस्फोट

स्थानीय समय अनुसार विहान ११.२० मा विस्फोटनको घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटन भएका बेला अदालतमा सुनुवाई भइरहेको थियो ।

घटनामा परी घाइते भएका दश जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको पनि उनले बताए ।

प्रकाशित : मंसिर १४, २०७४ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?