कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘साइलेन्स ब्रेकर’ वर्ष व्यक्ति

एजेन्सी

न्यूयोर्क — कार्यस्थलमा हुने यौन हिंसाविरुद्ध खुलेर बोल्ने व्यक्तिहरुको प्रतिनिधि समूह ‘साइलेन्स ब्रेकर’ लाई टाइम पत्रिकाले वर्षव्यक्ति (२०१७) घोषणा गरेको छ ।

‘साइलेन्स ब्रेकर’ वर्ष व्यक्ति

टाइम पत्रिकाका सम्पादकले एनबीसीको ‘टुडे’ कार्यक्रममा पत्रिकाको आवरण पृष्ट सार्वजनिक गरेका हुन् । त्यसमा कार्यस्थलमा हुने यौन हिंसाको शिकार भएका व्यक्तिहरुका प्रतिनिधि पात्रहरुलाई समेटिएको छ । जसमा अधिकारवादी एडामा इउ, अभिनेत्री एस्ले जुड, गायिका टेलर स्वीफ्ट, स्ट्रबेरी फार्ममा काम गर्ने इजाबेल पास्कल र पूर्व उबेर इन्जिनियर सुसन फलर छन् ।
सन् २०१७ को वर्ष व्यक्तिको मनोनयनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनिया राष्ट्रपति सि चिनफिङ, जमर्न चान्सलर एन्जेला मर्केल, बिल तथा मेलिन्डा गेट्सलगायत थिए ।

गत अक्टोबरमा हलिउडका मेगा प्रोड्युसर हार्भे विन्सटाइनले यौन दुव्र्यवहार  गरेको भन्दै खबर सार्वजनिक भएपछि ट्वीटरको ह्यासट्यागमा ‘मी टू’ अभियान सन्चालन भएको थियो । टाइम पत्रिकाको यो घोषणा त्यही अभियानको सम्मान मानिएको छ ।

गत वर्ष अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैलाई चकित पार्दै जित हात पारेका डोनाल्ड ट्रम्प वर्ष व्यक्ति भएका थिए । त्यस्तै, सन् २०१५ मा एन्जेला मर्केल, २०१४ मा इबोलाविरुद्धको लडाईमा संलग्न व्यक्तिहरु, २०१३ मा पोप फ्रान्सिस, २०१२ मा बराक ओबामा, २०११ मा प्रोस्टेस्टर समूह, २०१० मा मार्क जुकरबर्ग वर्ष व्यक्ति भएका थिए ।   

प्रकाशित : मंसिर २०, २०७४ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?