सोनीया गान्धीद्वारा अवकाश घोषणा

नयाँदिल्ली — भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसकी अध्यक्ष सोनीया गान्धीले राजनीतिक अवकाशको घोषणा गरेकी छन् । आफ्ना छोरा राहुल गान्धीले शनिबार पार्टी अध्यक्षको जिम्मेवारी लिएपछि आफू सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने उनले शुक्रबार घोषणा गरेकी हुन् । 'अब मेरो भूमिका अवकास पाएपछिको जस्तो हुन्छ,' इटालीमा जन्मेकी ७१ वर्षीया गान्धीले दिल्लीमा सञ्चार माध्यमहरूसँगको कुराकानीमा भनिन् ।

सोनीया गान्धीद्वारा अवकाश घोषणा


भारतको निकै पुरानो पार्टी काङ्ग्रेसमा उनले अबदेखि कुनैपनि कार्यकारी जिम्मेवारी नलिने भएको छ । बर्हिगमन हुँदैगरेकी काङ्ग्रेस प्रमुख गान्धीले ४७ वर्षीय आफ्ना छोरा राहुलले पार्टीलाई प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गरे ।
गत तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकोले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनीयाको दाबी छ । पार्टीका अहिलेका उपाध्यक्ष राहुलले शनिबार विशेष समारोहकाबीच अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । निर्वाचन भएको पाँच दिनपछि उनले जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
कांग्रेसको सवैभन्दा माथिल्लो पदका लागि चार दिन पहिले भएको निर्वाचनमा राहुल बाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय राजिव गान्धीकी धर्मपत्नी सोनीया गान्धी गत तीन बर्षदेखि बिरामी भएपछि पटक पटक अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् ।
सन् २०११ मा उनी उपचारका लागि अमेरिका गएकी थिइन् । तर उनको स्वास्थ्य अवस्थाका बारेमा स्पष्ट जानकारी गराइएको थिएन ।

प्रकाशित : मंसिर २९, २०७४ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?