गिर्जाघर आक्रमणमा ८ मारिए

रोयटर्स/बीबीसी

इस्लामावाद — पाकिस्तानको क्वेटास्थित एक गिर्जाघरमा आइतबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अधिकारीले घटनामा कम्तीमा ४५ जना घाइते भएको जनाएका छन् ।
स्थानीय संचार माध्यमका अनुसार आक्रमणकारीले गिर्जाघरमा प्रार्थनाका समयमा बम विस्फोट गराएका हुन् । चार जनाको संख्यामा रहेका आक्रमणकारिले विस्फोट गरेलगत्तै गोली प्रहार गरेका थिए ।

गिर्जाघर आक्रमणमा ८ मारिए

पाकिस्तानको क्वेटास्थित एक गिर्जाघरमा आइतबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । अधिकारीले घटनामा कम्तीमा ४५ जना घाइते भएको जनाएका छन् ।
स्थानीय संचार माध्यमका अनुसार आक्रमणकारीले गिर्जाघरमा प्रार्थनाका समयमा बम विस्फोट गराएका हुन् । चार जनाको संख्यामा रहेका आक्रमणकारिले विस्फोट गरेलगत्तै गोली प्रहार गरेका थिए ।
घटनास्थल अफगानिस्तानको सीमाबाट करिब ६५ किलोमिटरको दुरीमा पर्छ । उक्त क्षेत्रका गृहमन्त्री सरफराज बुग्तीले ट्वीटरमार्फत आक्रमणकारीलाई गिर्जाघर प्रवेश गर्न रोकिएका कारण कम क्षति भएको दाबी गरे । उनीहरुले आक्रमण गरेलगत्तै सुरक्षाकर्मीले जवाफी कारबाही गरेका थिए ।
आक्रमणकारीमध्ये एकले आत्मघाती बम विस्फोट गराए लगत्तै अरुले गोली प्रहार गरेका थिए । प्रहरीको गोली लागी एक आक्रमणकारिको मुत्यु भएको छ । प्रहरी अधिकारी अब्दुर रजाक चिमाले आक्रमणकारीमध्ये दुई जना भागेको बताए । उनले फरार हुनेको खोजी भईरहेको जनाए ।
सुरक्षाकर्मीले विद्रोही लुकेको आशंकामा उक्त क्षेत्रमा व्यापक खोजी तथा कारवाहीको तयारी थालेको जनाएको छ । स्थानीय टेलिभिजनले सुरक्षाकर्मीलाई उदृत गर्दै उक्त क्षेत्रमा हाल सुरक्षा व्यवस्था निकै कडा पारिएको जनाएको छ ।
विदेशमन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले आक्रमणको निन्दा गरेका छन् । उनले विद्रोहीका यस्ता हमलाले उनीहरुलाई परास्त गर्ने सरकारी संकल्पमा कुनै असर नपर्ने जनाएका छन् । आक्रमणका समय गिर्जाघरभित्र करिब ४ सय भन्दा बढी मानिसहरु थिए ।
पाकिस्तानमा सुन्नि मुस्लिम समुदायको उपस्थिति रहेका क्षेत्रमा यस्ता आक्रमण पटकपटक हुने गरेका छन् । तर हाल पाकिस्तानका अल्पसंख्यक इसाईमाथिका आक्रमणमा हालसालै वृद्धि भएपछि गिर्जाघरमा पनि सुरक्षाकर्मी तैनाथ गर्न थालिएको हो । पाकिस्तानमा २ प्रतिशत इसाईहरु छन् ।
अफगानिस्तानको सीमामा पर्ने बलुचिस्तान प्रान्तमा धार्मिक तथा पृथकतावादी समुहहरु क्रियाशिल छन् । हालसम्म आक्रमणको कुनैपनि समुहले जिम्मेवारी लिएको छैन् । दुईसाता अघि पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरको एक कृषि क्याम्पसमा गरिएको आक्रमणमा ८ विद्यार्थी पालेको मृत्यु भएको थियो ।

प्रकाशित : पुस २, २०७४ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?