२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

अमेरिकाको एट्लान्टा विमानस्थलमा विद्युत आपूर्ति बन्द हुँदा हजारौं यात्रु अलपत्र

१००० भन्दा बढी उडान तथा अवतरण रद्द
बीबीसी

अमेरिका — अमेरिकाको एट्लान्टास्थित हार्टस्फिल्ड–ज्याक्सन विमानस्थलमा स्थानीय समयअनुसार आइतबार दिउँसो १ बजे केही समयका लागि विद्युत आपूर्ति बन्द भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् ।बिदाको समय सुरु भएसँगै निकै चापमा संचालन भइरहेको व्यस्त विमानस्थलमा विद्युत आपूर्ति बन्द भएपछि त्यहाँबाट उडान तथा अवतरण गर्न लागेका सबै विमानहरुले आफ्नो सेवा स्थगित गरेपछि यात्रुहरु विचल्लीमा परेको बीबीसीले जनाएको छ ।

अमेरिकाको एट्लान्टा विमानस्थलमा विद्युत आपूर्ति बन्द हुँदा हजारौं यात्रु अलपत्र

अमेरिकाको एट्लान्टास्थित हार्टस्फिल्ड–ज्याक्सन विमानस्थलमा स्थानीय समयअनुसार आइतबार दिउँसो १ बजे केही समयका लागि विद्युत आपूर्ति बन्द भएपछि कैयौं यात्रुहरु अलपत्र परेका छन् ।

बिदाको समय सुरु भएसँगै निकै चापमा संचालन भइरहेको व्यस्त विमानस्थलमा विद्युत आपूर्ति बन्द भएपछि त्यहाँबाट उडान तथा अवतरण गर्न लागेका सबै विमानहरुले आफ्नो सेवा स्थगित गरेपछि यात्रुहरु विचल्लीमा परेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार विश्वकै व्यस्तमा पर्ने उक्त विमानस्थलबाट दिनमा लगभग २ लाख ५० हजार यात्रुले यात्रा गर्छन् भने त्यहाँबाट दिनको २५ सय फ्लाइट हुन्छ ।



विद्युत आपूर्ति केही घन्टा पछि नै सुचारु गरिएपनि एक हजारभन्दा बढी फ्लाइट रद्द भएका कारण यात्रुहरुले झन्झट व्यहोर्नु परेको बताइएको छ । विमानस्थलले विज्ञप्ती जारी गर्दै त्यहाँ विद्युत आपूर्ति गर्ने जर्जिया पावरको प्रशारण लाइनको भूतिगत केन्द्रमा आगलागि भएकोले समस्या आएको बताएको छ ।

आगलागि के कारणले भएको हो भन्ने बारे अनुसन्धान सुरु भइसकेको एट्लान्टाका मेयरले बताएका छन् ।

लगभग १२ घन्टा विद्युत आपूर्ति बन्द भएपछि त्यहाँबाट यात्रा गर्ने यात्रुहरु अन्धकारमा बस्नु परेको भिडियो तथा फोटोहरु सामाजिक सञ्जालमा धेरै देखिएपछि विश्वभर यसबारे चासो बढेको हो।

प्रकाशित : पुस ३, २०७४ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?