कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिलिपिन्समा आँधी - १०० भन्दा बढीको मृत्यु

बीबीसी/रोयटर्स

मनिला — फिलिपिन्सको दक्षिणी क्षेत्रमा शनिबार आँधीपश्चात् आएको बाढी र पहिरोका कारण एक सयभन्दा बढीको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूले आँधीमा परी दर्जनौं मानिस हराइरहेको जनाएका छन् ।
शक्तिशाली ‘टेम्बिन’ आँधीले मिन्डनाओ टापुका कैयौं भागमा बाढी तथा पहिरो निम्त्याएको हो ।

फिलिपिन्समा आँधी - १०० भन्दा बढीको मृत्यु

फिलिपिन्सको दक्षिणी क्षेत्रमा शनिबार आँधीपश्चात् आएको बाढी र पहिरोका कारण एक सयभन्दा बढीको मृत्यु भएको छ । प्रहरी अधिकारीहरूले आँधीमा परी दर्जनौं मानिस हराइरहेको जनाएका छन् ।

शक्तिशाली ‘टेम्बिन’ आँधीले मिन्डनाओ टापुका कैयौं भागमा बाढी तथा पहिरो निम्त्याएको हो । आँधीले टुबोड र पिआगापो सहर सबैभन्दा बढी प्रभावित भएका छन् । उक्त सहरहरूमा कैयौं घरहरू ठुल्ठूला ढुंगाले पुरिएका छन् ।

प्रतिघण्टा ८० किलोमिटर वेगको उक्त आँधीले मिन्डनाओ टापुबाट दक्षिणी पालावन क्षेत्रतर्फ बढिरहेको छ । फिलिपिन्स नियमितजसो विध्वंसात्मक आँधीको चपेटामा पर्ने गरेको भए पनि मिन्डनाओ हालसम्म खासै प्रभावित हुने गरेको थिएन ।

प्रकोप व्यवस्थापन अधिकारीले आँधीका कारण लानाओ डेल नोर्टेमा ६२ र जाम्बोआंगा क्षेत्रमा कम्तीमा ४६ मृत्यु भएको पुष्टि गरेका छन् । प्रहरी अधिकारी गेरी परामीले टुबोड सहरमा कम्तीमा १९ जनाको मृत्यु भएको बताए । उक्त सहर लानाओ डेल नोर्टेमा पर्छ । ‘नदीमा अकस्मात् पानी मात्रा बढ्यो र अधिकांश घर बगायो,’ उनले भने, ‘उक्त क्षेत्रमा अहिले गाउँ नै सखाप भएको छ ।’ उनले सहयताकर्मीले माटोले पुरिएका मृतकहरूको शव निकाल्ने प्रयास गरिरहेको बताए ।

टुबोड सहरका अधिकारी रायन काबसले भने, ‘हामीले मृतकहरूको संख्या यकिन गर्ने प्रयास गरिरहेका छौं ।’ अर्का एक प्रहरी अधिकारी सारीपाडा पाकासुमले पिआगापोमा कम्तीमा १० जनाको मृत्यु भएको जनाए । उक्त सहर टुबोडदेखि १० किलोमिटर पूर्वमा पर्छ । ‘हामीले उद्धारकर्मीहरूलाई प्रभावित क्षेत्रतर्फ पठाएका छौं,’ उनले भने, ‘उनीहरूले सन्तोषजनक रूपमा उद्धार गर्न सकिरहेका छैनन् ।’

आँधीले सिबुको र सलुग सहरमा पनि अन्य मानिसको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीहरूले सञ्चार र विद्युत् कटौतीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको जनाए । उनीहरूले पलावान तथा स्पार्टली टापुको दक्षिणी क्षेत्र हुँदै आतबार साँझसम्म भियतनाम पुग्ने बताइएको छ ।

एक साताअघि ‘काई टाक’ नामक उष्ण आँधीका कारण मध्य फिलिपिन्समा ४६ जना मारिएका थिए । उक्त क्षेत्रमा सन् २०१३ मा गएको शक्तिशाली ‘हैयान’ आँधीका कारण ८ हजार मानिसको ज्यान जानुका साथै २ लाखभन्दा बढी विस्थापित भएका थिए ।

प्रकाशित : पुस ९, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?