१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

साउदी राजकुमार तलालसँग ६ अर्ब डलर माग

एजेन्सी

साउदी अरेबिया — भ्रष्टाचारको आरोपमा सरकारी नियन्त्रणमा रहेका साउदी राजकुमार अल वाले बिन तलालसँग साउदी अधिकारीले कम्तिमा ६ अर्ब डलर धरौटी बुझाउन माग गरेका छन् ।

साउदी राजकुमार तलालसँग ६ अर्ब डलर माग

साउदीमा कसैसँग माग गरिएको सबैभन्दा ठूलो धरौटी हो । विश्वकै धनाढ्य सूचीमा रहेका तलालसँग कूल १८ बिलियन डलर पूँजी रहेको अनुमान छ । ६२ वर्षीय उनी विश्वको ५७ औं धनीमा पर्छन् ।


अघिल्लो महिना साउदी सरकारले भ्रष्टाचार आरोपमा केही राजकुमार, उच्च पदस्थ सरकारी कर्मचारी, व्यापारीलाई नियन्त्रणमा लिएर रियादस्थित एक पाँचतारे होटलमा बन्दी बनाएको थियो ।


साउदी स्रोतहरुलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जनाएअनुसार तलाल रिहाईको लागि पहल गरिरहेका छन् ।


साउदी सरकारले भ्रष्टाचार आरोपमा ३ सय २० जनालाई सोधपुछको लागि बोलाएको थियो । तीमध्ये एकसय ५९ अहिले पनि हिरासतमै छन् । साउदी महान्यायाधिवक्ता सेख साउद अल मोजेबका अनुसार धेरैले गलत तरिकाबाट कमाएको सम्पति सरकारी कोषमा दाखिला गरेर रिहा भएका छन् ।


साउदी सरकारले केही वर्षयता अपचलनका कारण साउदी सरकारलाई एकसय अर्ब डलर भन्दा बढी घाटा भएको जनाएको छ ।


अघिल्लो वर्ष एक अर्ब डलर धरौटी बुझाएर अर्का राजकुमार मितेब बिन अब्दुल्लाह रिहा भएका थिए ।


तलाल ७ वर्षअघि नेपाल भ्रमणमा आएका थिए ।


प्रकाशित : पुस ९, २०७४ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?