२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

मुम्बईमा आगलागीबाट चौधको मृत्यु

एजेन्सी

मुम्बई — भारतीय सहर मुम्बइको कमला मिल्स्मा शुक्रबार बिहानैदेखि भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १४ पुगेको किङ्ग इड्वार्ड मेमोरिएल (केइएम) अस्पतालले शुक्रबार जानकारी दिएको छ । 

मुम्बईमा आगलागीबाट चौधको मृत्यु

यस आगलागीमा परी अन्य १२ व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । उनीहरुको सोही अस्पतालामा उपचार भइरहेको सोही अस्पतालका मेडिकल अधिकारी अभिनास सुपेले जानकारी दिए ।


यस आगलागीमा १४ जनाको मृत्यु भएको र १२ जना घाइते भई उक्त अस्पतालमा उपचाररत रहेको सुपेले बताएको मुम्बईबाट प्राप्त समाचारमा जनाइएको छ ।


आगालगी नियन्त्रणमा लिन दुर्घटनास्थलमा छ वटा दमकल पुगेका र आगो पूर्ण रुपमा निभाउन नसकिएको बिहान जनाइएको थियो । तर मध्यान्ह्सम्ममा आगो नियन्त्रणमा लिइएको बताइएको छ ।


आगलागीको कारण पत्ता लागेको छैन । प्रहरीले सो कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएका व्यक्ति को हुन् भन्ने बारेमा पनि खुलाइएको छैन ।


आगलागीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जलि प्रकटगर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परिवारका सदस्यजनप्रति समवेदना व्यक्त गरेका छन् ।


यस दुःखको घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र यस घटनाबाट घाइते भएका व्यक्तिहरुको छिटै स्वास्थ्य लाभ होस,' प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन् ।

प्रकाशित : पुस १४, २०७४ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?