२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

अष्ट्रेलियामा नयाँ वर्षका लागि ब्यापक सुरक्षा

नारायण खड्का

अष्ट्रेलिया — पछिल्लो समयमा विभिन्न आतंकवादी प्रकृतिका घटनाहरु बढ्दै गएपछि अष्ट्रेलियाले सिड्नी र मेलबर्नमा सुरक्षा ब्यवस्था कडा बनाएको छ । मुख्य गरेर नयाँवर्षको अघिल्लो दिन हुने आतिशवाजीलाई मध्यनजर गरेर अष्ट्रेलियाले बिभिन्न फरक सुरक्षा योजनाहरु अपनाएको हो । पछिल्लो समयमा विभिन्न आतंकवादी प्रकृतिका घटनाहरु बढ्दै गएपछि अष्ट्रेलियाले सिड्नी र मेलबर्नमा सुरक्षा ब्यवस्था कडा बनाएको छ ।

अष्ट्रेलियामा नयाँ वर्षका लागि ब्यापक सुरक्षा

मुख्य गरेर नयाँवर्षको अघिल्लो दिन हुने आतिशवाजीलाई मध्यनजर गरेर अष्ट्रेलियाले बिभिन्न फरक सुरक्षा योजनाहरु अपनाएको हो ।


अष्ट्रेलियाको सिड्नीस्थित हार्बरब्रिजमा हुने आतिशवाजी विश्वकै उत्कृष्ट मध्येको एक मानिने गर्छ भने मेलबर्नमा आयोजना हुने आतिशवाजीलाई समेत महत्वपुर्ण मानिन्छ । यसवर्ष सिड्नीमा करिब १६ लाख जनता र मेलबर्नमा ५ लाखले आतिशवाजीमा सहभागिता जनाउने जानकारी दिइएको छ । सोही कार्यक्रममा सहभागी जनाउने दर्शकहरुलाई सुरक्षा प्रदान गर्नका लागि सडकहरु बन्द गर्नुका साथै हतियारधारी सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको जनाईएको छ ।


सिड्नीमा आतिशवाजी हुने मुख्य प्रवेशहरुमा सवारीसाधनलाई प्रवेश बन्द गरिनेछ भने थप सवारीसाधन अवरोध गर्ने बोलार्डहरु, हतियारधारी सुरक्षाकर्मीहरुका साथै आकाश, पानी र घोडामा पनि सुरक्षाकर्मीहरुलाई परिचालन गरिनेछ । न्यु साउथ वेल्सका प्रहरी सहायक प्रमुख जेफ लोयले नयाँबर्षको अघिल्लो साँझमा हुने कार्यक्रममा शान्तपुर्ण सफल बनाउनका लागि एकबर्षदेखि योजना गरिएको बताएका छन् ।


मेलबर्नमा केही साताअघिमात्र फुटपाथमा गाडी चलाएर डेढ दर्जनलाई घाईते बनाएपछि त्यहाँका सडकहरुमा अवरोध गर्ने थप बोलार्डहरु राखिएका छन भने सवारीसाधनलाई आवतजावतमा बन्देज लगाइने छ । मेलबर्नका कार्यकारी प्रहरी प्रमुख एन्डय्र क्रिस्पले मेलबर्नका मुख्य सहर आइतबार साँझ बन्द गरिने बताएका छन् । मेलबर्नमा पनि उपलब्ध सबै क्षेत्रहरुबाट सुरक्षाकर्मीहरुलाई परिचालन गरिने बताइएको छ भने शहरका मुख्य स्थानहरु फ्ल्णि्डर्स स्ट्रि, हार्बर स्पान्डेल, बोन्टन एभेन्यु, सेन्ट किल्डा रोड र स्प्रिङ्ग स्ट्रिट साँझ ६ बजेदेखि विहान १ बजेसम्मका लागि बन्द गरिने जनाइएको छ ।


अष्ट्रेलियामा अहिलेसम्म कुनैपनि ठुला आतंकवादी आक्रमण नभएका भएपनि छिटफुट घटनाहरु भने घटिरहेका छन् । आतिशवाजी हेर्न जाने सर्वसाधारणलाई पुर्णत: सुरक्षा दिलाउनका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । सिड्नी, मेलबर्न लगायतका विभिन्न शहरहरुमा हुने आतिशबाजी हेर्नका लागि यहाँ रहेका नेपालीहरुपनि विहानैदेखि उक्त स्थानहरुमा गइरहेका छन् ।


प्रकाशित : पुस १६, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?