१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिड्नीमा सामुन्द्रिक विमान दुर्घटना, ६ को मृत्यु

अष्ट्रेलिया — आइतबार सिड्नीको दक्षिणी क्षेत्रमा भएको सामुन्द्रिक विमान दुर्घटनामा पाईलट सहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विश्वको प्रख्यात र ठुलो हस्पिटालिटी कम्पनी ‘कम्पास’का प्रमुख रिचार्ड कुसन सहित ११ वर्षीया बालिका समेत रहेका छन् । 

सिड्नीमा सामुन्द्रिक विमान दुर्घटना, ६ को मृत्यु

मृत्यु हुनेमा बेलायतबाट छुट्टी मनाउन अष्ट्रेलिया कुसन सहित उनकी साथी, दुई छोरा, एक छोरी र बिमानका चालक छन् । सिड्नीको दक्षिणी क्षेत्र कटेज पोइन्टबाट आइतबार साँझ उडेको केही समयमा नै उनीहरु सवार जहाज सोही स्थानको होकस्बरी नदीमा दुर्घटना भएको हो । उनीहरु सवार सामुन्द्रिक जहाज अहिले पनि विश्वमा सबैभन्दा धेरै उडाईने जहाजमध्येमा पर्ने समाचारहरुमा उल्लेख गरिएको छ ।


मृत्यु भएका कम्पास कम्पनीका प्रमुख बेलायतमा उत्कृष्ट प्रमुख कार्यकारीका रुपमा प्रख्यात रहेको बताइएको छ । उनलाई हार्भड बिजनेस रिभ्युले उनलाई विश्वका १००औं प्रभावकारी कार्यकारी अधिकृतमा ११औं स्थानमा राखेको थियो ।

प्रकाशित : पुस १७, २०७४ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?