१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत

रासस/सिन्ह्वा

सोल — दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छन् । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले सोमबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । 

उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत

सो सम्बोधनका क्रममा उनले दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गरेका थिए । शिशिर ऋतुमा आयोजना गरिने खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियाले उत्तर कोरियालाई पनि आग्रह गरेको थियो ।


दक्षिण कोरियाले यस शिशिर ऋतुमा आयोजना गरेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गरेका थिए ।


त्यसैगरी नेता किमले सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरकेा थिए। 'हामी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई सकारात्मक रुपमा लिन्छौँ र सो वार्तामा हामी सहभागी हुनसक्छौँ,' सो सम्बोधनमा भनिएको छ ।


सो सम्बोधनको स्वागत दक्षिण कोरियाले गरेको हो । उक्त सम्बोधनपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिएका छन् ।


उक्त खेलकूद आगामी फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना गरिएको छ । शिशिर ऋतुमा आयोजना हुने सो खेलकूदमा उत्तरले सहभागिता जनाउनुलाई दक्षिणले भने उपब्लिध भएको भनेको छ ।


त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ । दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो ।


सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन । तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।


प्रकाशित : पुस १८, २०७४ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?