पश्चिम भारतमा सवारी दुर्घटना, आठको मृत्यु

रासस/सिन्ह्वा

नयाँ दिल्ली — पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

पश्चिम भारतमा सवारी दुर्घटना, आठको मृत्यु

प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएको छ ।


अत्यन्त व्यस्त समयमा भएको यस घटनामा टेम्पोमा सवार व्यक्तिहरु मारिएका र घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।


टेम्पोका चालकसहित छ व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जनाको भने अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।


गएराति एक विवाहको समारोहमा सहभागी भएर फर्किरहेका एकै परिवारका तीन महिला र दुई बालबालिकासमेत सो दुर्घटनामा परेका प्रयत्क्षदर्शीहरुले बताएका छन् ।


यस दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । भारत अरु देशको तुलनामा बढी सडक दुर्घटना हुने देशको सूचिमा पर्दछ ।


सडकको मर्मत संभारमा कमी, चालकको लाहपर्वाह र ट्राफिक नियम उल्लङ्घन जस्ता कारणहरुले भारतमा धेरै सडक दुर्घटना हुने गरेको अधिकारीहरुको भनाई रहेको छ ।

प्रकाशित : पुस १९, २०७४ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?