१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुई कोरियाली सम्बन्धको सुधारमा राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

रासस/सिन्ह्वा

संयुक्त राष्ट्रसंघ — उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवातभएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बुधबार स्वागत गरेका छन् ।

दुई कोरियाली सम्बन्धको सुधारमा राष्ट्रसंघीय महासचिवद्वारा स्वागत

उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई वर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको समाचारमा जनाइएको छ ।


सो सेवाको सरुवात गरेपछि दक्षिण कोरियाले बुधबार स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे गरेको फोन उत्तर कोरियाले उठाएको (रिसिभ गरेको) थियो ।


दुई कोरियाबीच हुने वार्ता आगामी दिनमा सकारात्मक हुने गुथ्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।


उत्तर कोरियाली नेता उनले दक्षिण कोरियाद्वारा प्रस्ताव गरिएको ग्रीश्मकालीन ओलम्पिक खेलकूदमा सहभागिता जनाउने भनी गरेको सम्बोधनको दक्षिण कोरियाले स्वागत गरेको थियो ।


सोही कारणले पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । यस अघि नै दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छन्।


महासचिव गुथ्रेसका प्रवक्ता फरहान हकले भनेका छन्, 'यी दुई देशको वार्ता सुरु भएको कुरा अत्यन्तै सकारात्मक छ र यसले आगामी दिनमा राम्रो परिणाम दिने अपेक्षा पनि गरिएको छ ।'


नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गरेका थिए ।


दक्षिण कोरियाको आयोजनामा हुन लागेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गरेका हुन् ।


त्यसैगरी नेता किमले सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरेका थिए ।


दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि सकारात्मक रुपमा लिएको भन्दै सो वार्तामा हामी सहभागी हुने कुरा उत्तर कोरियाले बताएपछि यी दुई देशको सम्बन्धमा सकारात्मक विकास भएको हो ।


दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिएका थिए ।


त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ । दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो ।


सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन । तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित : पुस २०, २०७४ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?