कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

रेल दुर्घटनामा २० को मृत्यु

रासस/सिन्ह्वा

जोहानेस्बर्ग — दक्षिण अफ्रिकामा बिहीबार भएको रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको संख्या २० पुगेको छ । 

रेल दुर्घटनामा २० को मृत्यु

यस घटनामा घाइते हुने व्यक्तिको संख्या २६० पुगेको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।


रेलको तीन वटा डिब्बा नै जलेको कारण मृतकको संख्या बढेको बताइएको छ । अझै पनि खोजी र उद्धारकार्य जारी रहेको राज्य स्वास्थ्य विभागका प्रवक्ताले टाइस् लाइन समाचार साइडलाई उद्धृतगर्दै बताउनु भएको छ ।


दू्रतगतिमा रहेको रेल एक मालवाहक ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । जोहानेस्बर्गबाट करिब २०० किलोमिटर दक्षिणपश्चिममा अवस्थित क्रुनस्टाडनजिकै सो दुर्घटना भएको थियो ।


बन्दरगाह सहर एलिजाबेथबाट जोहानेस्बर्गतर्फ गइरहेको सो रेलमा ट्रक ठोक्किदा आगलागी भएको थियो । केही डिब्बा भने रेल मार्गबाट नै छुट्टिएको थिए ।


यस घटनामा घाइते भएका कैयौँ यात्रुको अवस्था गम्भीर भएको हुनाले मृतकको संख्या बढ्न सक्ने समेत प्रहरीले अनुमान गरेको छ ।


अफ्रिकामा नयाँ बर्षको अवसरमा आफ्ना घर तथा विदा मनाउन विभिन्न गन्तव्यमा गएका नागरिक काममा फर्किने क्रम जारी रहेका कारण यतिबेला सवैतिर यातायातका साधनमा भीडभाड हुने गरेको प्रहरीले बताएको छ ।

प्रकाशित : पुस २१, २०७४ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?