१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘ट्रम्प बच्चाजस्तो’ 

अमेरिकी राष्ट्रपतिबारे पुस्तक
-‘झूटले भरिपूर्ण’ भएको ट्रम्पको दाबी -वोल्फ भन्छन्– ट्रम्प संसारकै अविश्वसनीय

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्बन्धी विवादास्पद पुस्तक शुक्रबार सार्वजनिक भएको छ । ट्रम्पले उक्त पुस्तक ‘झूटले भरिपूर्ण’ भएको बताएका छन् । उनले वोल्फले पुस्तकमाथि आफ्नो प्रशासनमाथि क्षति पुर्‍याउने उद्देश्यले प्रेरित रहेको बताएका छन् । 

‘ट्रम्प बच्चाजस्तो’ 

लेखक माइकल वोल्फले पुस्तकसम्बन्धी ट्रम्पको प्रतिक्रियामा ‘उनी विश्वमा जीवित मानिसमध्ये सबैभन्दा कम विश्वसनीय’ व्यक्ति भएको बताएका छन् । ट्रम्पले पुस्तक ‘झूटले भरिपूर्ण’ भनेपछि उनी आक्रोशित बनेका हुन् ।

ह्वाइटहाउसका कर्मचारीलाई उद्धृत गर्दै एनबीसी टेलिभिजको कार्यक्रममा वोल्फले भने– ‘उनीहरूले ट्रम्पलाई बच्चाजस्तो’ बताएका थिए । उनले भने, ‘यो मानिसले पढ्दैन र केही पनि सुन्दैन ।’ उनले पुस्तक सार्वजनिक गर्न ट्रम्पका वकिलले गरेको प्रयासबारेको प्रश्नमा भने, ‘त्यसले पुस्तकको बिक्रीमा थप सहयोग पुर्‍याउँछ ।’

वोल्फले ट्रम्पबारेको आफ्नो पुस्तक ‘तथ्यपूर्ण’ भएको दाबी गरे । उनले भने, ‘मैले राष्ट्रपतीय चुनावी अभियान र उनको ह्वाइटहाउस बसाइबारे विवरण संकलन गर्न ३ महिनाको अवधि बिताएको छु ।’ तर राष्ट्रपति ट्रम्पले पुस्तक लेखनका लागि वोल्फले आफूसँग नभेटेको दाबी गरेका छन् । शुक्रबार ट्वीट गर्दै वोल्फको पुस्तक ‘फोनमा आधारित’ भएको उल्लेख गरे । यसअघि वोल्फले ट्रम्पसँग ३ घण्टा कुराकानी गरेको बताएका थिए ।

ट्रम्पका वकिलले पुस्तक सार्वजनिक गर्न रोक लगाउने प्रयास गरेकाले तोकिएभन्दा चार

दिनअघि नै बजारमा ल्याइएको बताए । यसअघि पुस्तक आगामी मंगलबार सार्वजनिक गरिने बताइएको थियो ।

‘फायर एन्ड फयुरी : इनसाइड द ट्रम्प ह्वाइटहाउस’ नामक पुस्तकका लेखक वोल्फले

ट्वीटमार्फत पुस्तक सार्वजनिक भएको जनाउँदै शुक्रबारदेखि पुस्तक किन्न सकिने जनाए । उनले पुस्तक ट्रम्पका कारण तोकिएको समयभन्दा चार दिनअघि नै सार्वजनिक भएको बताउँदै लेखेका छन्, ‘धन्यवाद राष्ट्रपति ।’

बीबीसीमा उल्लेख छ, ‘यदि पुस्तकका आधा मात्रै विवरणहरू सत्य भए, त्यसले राष्ट्रपति र अस्तव्यस्त ह्वाइटहाउसप्रति अमेरिकीमा गलत प्रभाव पर्ने उल्लेख गरेको छ । ट्रम्प रिसाएकामा कुनै आश्चर्य हुने छैन ।’

सीएनएनले आफ्नो व्यक्तिगत छवि सबैभन्दा महत्त्वपूर्ण ठान्ने ट्रम्पका लागि उक्त पुस्तकका कतिपय विवरणका कारण तनाव सिर्जना हुन सक्ने उल्लेख गरेको छ । त्यस कारण ‘फायर एन्ड फयुरी’ ह्वाइटहाउसका लागि ‘एक डरलाग्दो राजनीतिक सपना’ भएको छ ।

वासिङ्टन पोस्ट अखबारले लेखक र प्रकाशकले पुस्तकको थप प्रकाशन र वितरण तत्काल रोक्नुपर्ने उल्लेख गरेको छ । अखबारका अनुसार वोल्फले पुस्तकमा ट्रम्पबारे थुप्रै गलत र आधारहीन विवरणहरू समेटेको आरोप लगाइएको छ ।

ट्रम्पका वकिलहरूले उक्त पुस्तकमा थुप्रै गलत विवरण उल्लेख गरिएको बताएका छन् । ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई उद्धृत गर्दै राष्ट्रपतीय चुनाव अघि रूसी समूहसँगको भेट ‘देशद्रोह’ भएको पुस्तकमा उल्लेख छ ।

माइकल वोल्फले उक्त पुस्तकमा ट्रम्प राष्ट्रपति पदका लागि तयार नभएको देखिएको उल्लेख गरेका छन् । त्यस कारण राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्प आश्चर्यचकित भएको जनाइएको छ । पुस्तकमा ट्रम्पकी छोरी इभांकाले आफू अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने बताएको उल्लेख छ ।

न्युयोर्क टाइम्स र भ्यानिटी फेयर म्यागाजिनका स्तम्भकार ६४ वर्षीय माइकल वोल्फद्वारा लिखित पुस्तक २ सय ट्रम्पनिकट व्यक्तिहरूसँगको अन्तर्वार्तामा आधारित छ । ट्रम्पको श्रीमती इभांकासँगको सम्बन्ध, उनको बानी व्यवहारबारे विभिन्न तथ्यहरू समावेश छन् । वोल्फले यसअघि सञ्चार वादशाह रुपर्ट मर्डोकको जीवनीबारे पुस्तक प्रकाशन गरेका थिए । यसअघि अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले पनि पुस्तकको सत्यताबारे प्रश्न उठाएको थियो । बिहीबार ट्रम्पले गत अगस्टमा पदबाट बर्खास्त भएपछि ब्याननले मानसिक

सन्तुलन गुमाएको टिप्पणी गरेका थिए । ट्रम्पका वकिलले भने वोल्फले कानुनी कारबाहीको सामना गर्नुपर्ने बताएका थिए ।

पुस्तकमा टोनी ब्लेयरले ट्रम्पलाई सुझाव दिएबापत् उनले मध्यपूर्व क्षेत्रमा कुनै जागिर पाउने आशा राखेको उल्लेख छ । त्यसको प्रतिक्रियामा ब्लेयरले ट्रम्पका ज्वाइँसँगको भेटमा मध्यपूर्वको शान्तिप्रक्रियाबारे कुराकानी भएको तर जागिरबारे तथ्यलाई तोडमोड गरिएको बताएका थिए ।

प्रकाशित : पुस २२, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?