कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ककपिटमा झगडा गर्ने पाइलट बर्खास्त

मुम्बई — भारतीय वायुसेवा कम्पनी जेट एयरलाइन्सले उडानका क्रममा ककपिटमा झगडा गर्ने दुई पाइलटलाई बर्खास्त गरेको छ । एयरलाइन्सद्वारा मंगलबार जारी विज्ञप्तिमा ‘तत्काल लागू हुने गरी दुवै जनालाई सेवाबाट बर्खास्त गरिएको’ उल्लेख छ ।

ककपिटमा झगडा गर्ने पाइलट बर्खास्त

गत जनवरी १ मा लन्डनदेखि मुम्बईको उडानका क्रममा एक महिला र एक पुरुष पाइलटले एकआपसमा कुटाकुट गरेका थिए । उक्त उडानमा ३ सय २४ जना यात्रुहरू थिए । उडान मुम्बईमा सुरक्षित अवतरण गरिएको थियो ।


स्थानीय सञ्चारमाध्यमले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाएअनुसार पुरुष पाइलटले महिला सहकर्मीको गालामा झापट हानका थिए । लगत्तै आँसु झार्दै ककपिट छाडेकी उनलाई अन्य सहकर्मीले सम्झाएपछि फर्केकी थिइन् ।


भारतीय नागरिक उड्ययन अधिकारीका अनुसार पाइलटले उक्त समय सुरक्षा नियम उल्लंघन गर्दै दुई पटकसम्म ककपिट छाडेकी थिइन् । जेट एयरलाइन्सका प्रवक्ताले घटनाको पुष्टि गरे पनि विस्तृत विवरण दिन अस्वीकार गरे ।


उनले उक्त घटनाबारे नागरिक उड्ययन निकायलाई जानकारी गराइएको जानकारी दिए ।

प्रवक्ताले ‘यात्रुको सुरक्षा विपरीतको कार्य गर्ने कर्मचारीप्रति एयरलाइन्सको शून्य सहनशीलता रहेको’ बताए ।

प्रकाशित : पुस २६, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?